स्थानियतहको ९० प्रतिशत कर्मचारीमा प्रविधिको ज्ञानको अभाव

Written by meropradesh creator

७ मंसिर २०७८, मंगलवार

काठमाण्डौ –सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको एक अध्ययनले पालिकामा सुचना प्रविधिको ज्ञान भएका कर्मचारीको अभाब रहेको देखाएको छ । अध्ययन अनुसार पालिकाहरूमा सूचना प्रविधिको विस्तार र प्रयोगका लागि जनशक्ति भए पनि उनीहरूमा पूर्ण ज्ञान नभएको पाइएको हो । अध्ययनमा सहभागी हुनका लागि मन्त्रालयले पठाएको ढाँचाअनुसार ४ सय ३४ पालिकाले फारम भरेर पठाएकोमा ९० दशमलव ३२ प्रतिशत अर्थात् तीन सय ९० पालिकाका सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीमा सूचना प्रविधिको ज्ञानको अभाव रहेको पाइएको छ ।
धेरै पालिकाले आफूहरूसँग सूचना प्रविधि क्षेत्रमा पूर्ण अनुभव नरहेका कर्मचारी रहेको पनि उल्लेख गरेर पठाएको मन्त्रालयले जनाएको छ । ४ सय ३४ पालिकालाई मन्त्रालयले सात वटा विषयअन्तर्गत ५० सूचकमा ५० पूर्णाङ्कमा ‘स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि’ तयार पारेर पालिकामा पठाएको थियो । यसमा सहभागी चार सय ३४ पालिकामध्ये सबैभन्दा धेरै अङ्क पाउने पालिकाले ८४ अङ्क पाएको छ भने सबैभन्दा कम अङ्क पाउने पालिकाले १९ अङ्क पाएको छ । यसले पालिकाहरूमा सूचना प्रविधिको प्रयोग गर्ने जनशक्तिमा ठूलो अन्तर रहेको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
कतिपय पालिकामा युनिकोडमा टाइप गर्न जान्ने कर्मचारीको समेत अभाव रहेको देखिएको छ । ‘लेखाजोखा विधिको अर्को सूचकको रूपमा रहेको सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था हेर्दा धेरैजसो स्थानीय तहले दैनिक कार्य सम्पादनका लागि कम्युटर टाइपको प्रयोग गर्दा नेपाली युनिकोडको प्रयोग गर्ने गरेको देखिन्छ तर विद्युतीय माध्यमबाट पत्राचार प्रयोग गरिने ई–मेलमा सरकारी ई–मेल पूर्ण रूपमा प्रयोग गर्ने स्थानीय तहको सङ्ख्या जम्मा एक सय ३८ (३१ दशमलव ८० प्रतिशत) रहेको अवस्था छ’, प्रतिवेदनमा भनिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...