स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

Written by meropradesh creator

२९ चैत्र २०७८, मंगलवार

रामेछाप । रामेछापका पाँच दलिय गठबन्धनको मंगलवार बसेको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

केन्द्रमा पाँच दलिय संयन्त्रको बैठकले निर्णय गरेर जिल्लामा पठाएको पत्राचार अनुसार रामेछापमा पनि गठवन्धनले निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम), नेकपा माओवादी केन्द्रका संयोजक मैनकुमार मोक्तान, नेकपा एकीकृत समाजबादीका अध्यक्ष रमेशकुमार बस्नेत र जनता समाजबादी पार्टीका संघीय परिषद सदस्य रोजबहादुर मोक्तान लगाएतका नेता तथा कार्यकर्ताहरु उक्त वैठकमा सहभागी रहेका थिए ।

पाँच दलिय गठवन्धनको बैठकमा सहभागी भएका नेताहरुले एकले अर्को पार्टीलाई प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिने र पार्टी र व्यक्तिको अहित हुने किसिमको कुनै पनि गतिविधिहरु नगर्ने, नगराउने निर्णय भएको छ । पाँचदलिय सयुक्त बैठकपछि नेताहरुले संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती समेत प्रकाशन गरेका छन् । गठवन्धनमा रामेछापमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी हुने छन् ।


स्थानिय तहको निर्वाचनमा रामेछापका ८ वटै स्थानिय तहमा पाँच दलिय गठवन्धन मार्फत निर्वाचन होमिने भनेता पनि कुन दलवाट कुन पालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल भइरहेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । पाँच दलिय गठवन्धनले उम्मेदवारको टुङ्गो लगाउन आजै देखी बैठक बसेर गृह कार्य गर्न थालिने नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम)ले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...