स्थानिय तह अदालतको आदेश मान्दैनन्

Written by meropradesh creator

३ माघ २०७८, सोमबार

रामेछाप । रामेछाप जिल्लाका स्थानिय तह र समाजिक संघ संस्थाले अदालतको आदेश समेत नमानेको भन्दै फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले जनाएको छ । फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले पत्रकार सम्मेलन गरी जिल्ला अदालत रामेछापले दिएको आदेश सुनापती गाउँपालिका वडा नं –२ दिमिपोखरी र सामुदायिक बिकास समाज (सिडिएस) ले अबज्ञा गरेको बताएको छ । सुनापति गाँउपालिका वडा नं –२ दिमिपोखरीमा सञ्चालन भएको खानेपानी योजनामा सुनापती गाउँपालिका–२ दिमिपोखरी र सामुदायिक बिकास समाज (सिडिएस) ले बजेट छुट्याएर योजनाको शिलान्यास गरे संगै फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले बिरोध जनाएको थियो । स्थानिय समुदायको बिरोध सुनुवाई नभएपछी समितिले जिल्ला अदालत रामेछापमा मुद्धा दर्ता गराएको समितिका अध्यक्ष बेन बहादुर मगरले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । मगरले भने दोहरो बजेट परेपछि हामीले जिल्ला अदातलमो मुद्धा हाल्यौँ तर अदालतले काम नगर्न भनेर आदेश दियो तर अदालतले दिएको काम रोक्ने सम्बन्धी आदेश सुनापती गाउँपालिका वडा नं –२ दिमिफोखरी र सामुदायिक बिकास समाज (सिडिएस) ले मानेन अध्यक्ष मगरले भने ।
संघिय सरकारको २०७१÷७२ देखि सो योजनाका लागि बजेट परेर काम भैरहेको तर सामुदायिक बिकास समाजले पनि हुँदै नभएको पाकुर खोलाको मुहान दर्ता गरी गोठपानी खोला (फलाटै गैरा खानेपानी योजना संञ्चालन हुन लागेको मुहान)बाटै योजनाको काम गर्न लागेपछि सो उपभोक्ता समितिले जिल्ला अदातल रामेछापमा २०७८ पुष १३ गते मुद्धा दर्ता गराएको थियो । उक्त मुद्धा दर्ता भएपछि दुबै पक्ष बिच छलफल नगरुन्जेल सम्म काम रोक्न आदेश दिएको थियो । त्यसपछि यहि पुष २५ गते दुबै बादी र प्रतिवादीको आ आफ्नै दावी सुनिसकेपछि अदालतले पुन पेशी तोकेर फैसला नहुन्जेल सम्मका लागि काम रोक्ने यसअघिको अन्तरिम आदेसलाई निरन्तरता दिनु भनेपनि उक्त सामुदायिक बिकास समज मन्थली मार्फत सञ्चालित योजनाको उपभोक्ता समितिका मानिसहरुले धमाधम काम गरिरहेको शनिवार पत्रकार सम्मेलनको अयोजना गरी उक्त समितिका अध्यक्ष थामापगरले जानकारी दिए । ४ करोड २९ लाखको आयोजना को दोस्रो चरणको काम चलिरहेको पनि थापामगरले जानकारी दिए ।
स्थानीय रण बहादुर मगरलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर यहि पुष ६ गते पाकुर खोला मुहान दर्ता गरी ७५ लाखको योजना को काम सामुदायिक बिकास समाजले सुरु गराएको थियो । यस बारेमा सामुदायिक बिकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङ सँग आफुले समन्वय गरेर काम गर्न अनुरोध गर्दा उहाले स्वीकार गर्नु भएपनि उक्त दोहोरोपनाको काम अझै नरोकिएको पनि अध्यक्ष मगरले पत्रकार सम्मेलनका अवसरमा जानकारी गराएका हुन । योजना सम्पन्न भएपछि दिमीपोखरीको साबिक वडा नं १ ,२,३,४ का २३४ घर घुरी लाभान्वित हुने गरी सुरु भएको हाल दोहोरोपना परेको गोठपानी खोला को मुहान बाट २०४४ सालदेखि त्यहाका स्थानीयलले खानेपानी ल्याएर खाने गरेका थिए । अदालतले दिएको आदेश लाई नमान्ने उक्त सामुदायिक बिकास समाजलाई पुनः आइतवार अबहेलनाको मुद्धा उक्त समितिले जिल्ला अदातल रामेछापमा दर्ता गराएको पनि अध्यक्ष मगरले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...