रामेछाप । खाँडादेबी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय नागरिकले घेराउ गरेका छन् । वडाका नागरिक वडा कार्यलय घेराउ गर्न आउने चाल पाएपछी वडा अध्यक्ष मनोज पौडेल भने सम्पर्क बिहिन भएका छन् । वडा अध्यक्ष सम्पर्क बिहिन भए सैगै वडा वासीले वडा अध्यक्षको बिरुद्ध नारा बाजि समेत गरेका थिए ।
वडा अध्यक्ष पौडेलले स्थानिय वडाका नागरिकलाई जानकारी समेत नदि किर्त गरेर वडा कार्यलय आफ्नो घर पाएक पार्न खोजेको भन्दै वडा अध्यक्षको बिरुद्ध उत्रेका वडा वासी हुन् ।
नेपाली कांग्रेसका नेता राजनारायण श्रेष्ठले भने “ पुरानो गाविस पकरवास हुदा अहिले वडा कार्यलय राख्न खोजेको स्थान बिच स्थानमा थियो । अहिले पकरबास गाबिस बिभाजन भएर खाडादेवी गाउँपालिका ४ र ५ बनेको छ । उक्त स्थान वडा नम्बर ५ को भुगोलमा परेको भए पनि दुइ वटा वडाको सिमानामा पर्ने गर्दछ । वडाको २० प्रतिशत नागरिकको पनि पहुच नहुने स्थानमा वडा अध्यक्षले एकलौटी ढंगले वडा कार्यलय निर्माण गर्न खोजेको छ । त्यसो हुन्न दिदैनौं त्यस्को बिरुद्ध हामि लड्न तयार छौ ।
त्यस्तै गरी नेकपा एमालेका नेता तथा नि वर्तमान वडा अध्यक्ष तुलसिराम श्रेष्ठले भने“ हरेक नागरिक संग जोडिने वडा कार्यलयको केन्द्र तोक्न बैठक बस्दा समेत वडा अध्यक्षले छलकपट गर्यो । मलाई वडा अध्यक्ष पोडेलले राय सुझब संकलन गर्ने दाई समय मिले निस्कनु भने । मैले सुझाब संकलन त होनि भनेर बाहिर भएको कारण बैठकमा उपस्थित हुन सकिन पछि त वडा कार्यलय सार्ने निर्णय भयो प भन्छ ” त्यस पछी हामी आन्दोलनमा आएका छौ । वडा कार्यलय बन्दा सबै नागरिकको पहुचमा बन्न पर्छ । कदापी यो स्थान उपयुक्त हुन्न । उनले भने ।
त्यस्तै गरी नेकपा माओवादीका नेता बिक्रम श्रेष्ठले यदि जर्वजस्ती आम नागरिकको कुरा नसुनि एकलौटी वडा कार्यलय निर्माण गरे नागरिक आन्दोलनमा उत्रने बताए । नागरिक आन्दोलनमा उत्रने मात्र हैन् भवन भत्काउन समेत तयार हुने बताए । उनले भने” वडा अध्यक्षले आफुलाई सिडियसको बैठक भन्ने । पछि सार्ने कुरा भयो भन्ने ढाट्ने काम गरेको भन्दै वडा अध्यक्षको बिरोध गरे ।
त्यस्तै गरी नेपाली कांग्रेसका वडा सभापती बिराज श्रेष्ठले भने“ वडा अध्यक्षले अध्यक्षले एकलौटी ढंगबाट राजा महाराजा बनेर वडा कार्यलय सञ्चालन गर्दा सर्व साधरण नागरिक समस्यामा परेको छ । वडा अध्यक्षको पहुँचमा वडा अध्यक्ष बस्नु पर्छ त्यसो हुन सकेको र्छैन् । वडा कार्यलय निर्माण गर्ने बैठक फागुन १३ गते बस्ने खबर थियो । फगुन १३ गते सबै नागरिक आन्दोलित भै सकेका थिए । वडा अध्यक्षले वडा कार्यलय जस्तो निर्माण गर्ने निर्णय एकलौटी गरयो । यो निर्णय नसच्याए हाम्रो अन्दोलन झन चर्कदै जाने बताए । छिटै आम भेला बोलाएर भेलाको बहुमतले जुन स्थान तय हुन्छ त्यसै स्थानमा वडा कार्यलय राख्ने निर्णय गर्नु पर्छ अन्यथा पछी पछुताउनु पर्छ ।
त्यस्तै गरी नेकपा समाजवादी निकट युवा संघका अध्यक्ष सुजन श्रेष्ठले वडा अध्यक्षले किर्ते भन्दा दोस्रो काम नगरेको भन्दै तत्काल निर्णय नसच्याए पकरबासका नागरिक आन्दोलनमा उत्रने र त्यसको जिम्म वडा कार्यलय र गाउँपालिकाले लिन पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामकृष्ण ढुगेलले नागरिकको भावना अनुसार वडा अध्यक्षले काम गर्न नसकेको बताए । वडा कार्यलय राख्ने निर्णय समान्य निर्णय हैन् । नागरिकको भावना अनुसार वडा अध्यक्षले काम गर्नु पर्छ वडा कार्यलय सबै नगरिकको पहुँचमा बन्नु पर्छ । आफुलाई कुन स्थान पाएक पर्छ भनेर हेर्न हुन्न त्यसमा वडा अध्यक्ष चुक्यो । वडा अध्यक्षले छिटैं आम भेला बोलाएर भेला बाट निर्णय लिनु पर्छ । बहुमत भेलाले जे भन्छ त्यो कार्यन्वय हुन पर्छ ढुगेलले भने ।
खाँडादेवी गाउँपालिकाको १ हजार भन्दा वढी नागरिकको हस्ताक्षर संकलन गरी पाँच सय भन्दा बढी नागरीक वडाकार्यलय घेराउ गर्न नागरिक पुगेका थिए ।