रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँ पालिका वडा नं १ गुन्सीमा स्थानीय सरकारको सहयोगमा रोटे पिङ्ग हालिएको छ । गाउँबाट युवाहरु पलायन हुँदै गएका कारण बिगतको पिङ्ग हाल्ने परम्परा लोप हुन लागेको भन्दै सुनापति गाउँ पालिका वडा नं १ को वडा कार्यालयले पिङ्ग संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकारको आर्थिक सहयोगमा गुन्सीमा रोटे पिङ्ग हालेको नेपाली काँग्रेस रामेछापका सहसचिव समेत रहनु भएका उक्त वडाका वडा अध्यक्ष धु्रव चौंलागाईंले बताउनु भयो ।
दशैंको टीकाको दिन एकछिन मात्र भने पनि शरिरले भुईं छाड्नु पर्ने मान्यताका कारण उक्त दिन पिङ्ग खेल्न खोज्नेहरुको संख्या धेरै हुने गरेको छ । तर गाउँमा पिङ्ग हाल्ने कोहि युवाहरु नहुँदा स्थानीय सरकारले नै यसको अगुवाइ लिएर पिङ्ग हालेको हो । गाउँमा हालिएको उक्त पिङ्ग खेल्नका लागि रामेछाप प्रदेश सभा ख का प्रदेश सांसद युवराज चौंलागाईं, सुनापति गाउँपालिका उपाध्यक्ष गिता बिष्ट, उक्त वडाका वडा अध्यक्ष ध्रुव चौंलागाईं लगायका मानिसहरुको पिङ्ग खेल्नका लागि भिड लागेको छ ।









