रामेछाप । खाँडादेवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सरोकारवालाहरु संग छलफलशुरु गरेको छ । गाउँपालिकाले पठ्यक्रम बनाउन गाउँपालिकाभित्र सन्चालित ५१ वटा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरु संग बसी सुझाव संकलन गरेको हो । कक्षा एक देखी कक्षा आठ सम्म स्थानिय पाठ्यक्रम लागुु गर्ने उदेश्यले सोमबार गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङको अध्यक्षतामा कार्यशाला गोष्ठि आयोजना गरी सुुझाब लिएको हो ।
गाउँपालिकाको भौगोलिक अवस्था, इतिहास, पर्यावरण, कला, सम्पदा, स्थानीय संस्कार, संस्कृति, स्थानीय भाषा, नेपाल भाषाको प्रचलित लिपि, परम्परागत पेशा, व्यवसाय, स्थानीय सीप प्रबिधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तमाङले बताए ।
कक्षा एक देखि आठ सम्मका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेटेर पठ्यक्रम निर्माण गरीने र आगमि शैक्षिक सत्रबाट पाठ्यक्रम लागु गरीने अध्यक्ष तमाङले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...