स्थानीय कृषि उपज बिक्री केन्द्र मन्थलीमा सञ्चालन

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारमा पु¥याउन स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । तामाकोशी एग्रो एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिले किसानको बारीदेखि तपाईँको थालीसम्म नारा सहित उक्त बिक्रि केन्द्र सुरु गरेको हो ।


स्थानीय कृषि उपज बिक्री केन्द्रको सोमबार उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन भएको प्रति खुसी व्यक्त गर्दै नगरपालिकाले गर्ने सक्ने सहयोग गर्ने बताउनु भयो । साथै नगरप्रमुख श्रेष्ठले भने“ मन्थली नगरपालिका भित्रका किसानको कृषि उत्पादन बिक्री वितरणका लागि नगरले समन्वय गर्छ । यस्ता कृषि उपज बिक्री केन्द्रको दिगो रूपमा सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग पनि गर्नेछ ।” स्थानीय सरकार कृषि क्षेत्रको विकास गर्न विभिन्न योजना निर्माण गरी लागि परेकाले यसमा सबै निकायको साथ सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । श्रेष्ठले मन्थली नगर भित्रका किसानले उत्पादन गरेका कृषि उपजहरूको नगरकै मातहतमा लेवलिङ र प्याकेजिङ गरी बजार पठाउने तयारी गरिरहेको समेत बताउनु भयो । कृषकले उत्पादन गरेका कृषि उपजहरू बिक्री वितरणका लागि यस्ता स्थानीय कृषि उपज बिक्री केन्द्रहरू आवश्यक रहेको उहाँले बताउनु भयो ।


स्थानीय कृषि उपज बिक्री केन्द्रबाट रामेछाप जिल्लाका आठ वटै स्थानीय तहका किसानले उत्पादन गरेका फलफूल, गेडागुडी लगायतका कृषि उपजहरू बिक्री वितरण हुने सञ्चालक कुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो“रामेछापमा आठ वटा स्थानीय तह छन् । जहाँ धेरै किसानहरूले फलफूल, तरकारी र गेडागुडी लगायतका कृषि उपजहरू उत्पादन गरिरहेका छन् । किसानले उत्पादन गरेका उपजहरू सङ्कलन गरी बिक्री वितरण गर्न स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन गरिएको हो ।”


यसलाई दिगो रूपमा सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले पनि एक वडा एक कृषि उपज उत्पादन जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्थामा स्थानीय कृषि उपज बिक्री केन्द्र स्थानीय सरकारको सहयोगी बन्न सक्ने उहाँले बताउनुभयो । रामेछाप जिल्लाभरका किसानले उत्पादन गर्ने कृषि उपजहरु र त्यसको बजारलाई ध्यानमा राखेर स्थानीय कृषि उपज बिक्री केन्द्र ल्याइएको केन्द्रका निर्देशक हिरा श्रेष्ठले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...