स्थानीय कृषि उपज बिक्री केन्द्र मन्थलीमा सञ्चालन

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारमा पु¥याउन स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । तामाकोशी एग्रो एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिले किसानको बारीदेखि तपाईँको थालीसम्म नारा सहित उक्त बिक्रि केन्द्र सुरु गरेको हो ।


स्थानीय कृषि उपज बिक्री केन्द्रको सोमबार उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन भएको प्रति खुसी व्यक्त गर्दै नगरपालिकाले गर्ने सक्ने सहयोग गर्ने बताउनु भयो । साथै नगरप्रमुख श्रेष्ठले भने“ मन्थली नगरपालिका भित्रका किसानको कृषि उत्पादन बिक्री वितरणका लागि नगरले समन्वय गर्छ । यस्ता कृषि उपज बिक्री केन्द्रको दिगो रूपमा सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग पनि गर्नेछ ।” स्थानीय सरकार कृषि क्षेत्रको विकास गर्न विभिन्न योजना निर्माण गरी लागि परेकाले यसमा सबै निकायको साथ सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । श्रेष्ठले मन्थली नगर भित्रका किसानले उत्पादन गरेका कृषि उपजहरूको नगरकै मातहतमा लेवलिङ र प्याकेजिङ गरी बजार पठाउने तयारी गरिरहेको समेत बताउनु भयो । कृषकले उत्पादन गरेका कृषि उपजहरू बिक्री वितरणका लागि यस्ता स्थानीय कृषि उपज बिक्री केन्द्रहरू आवश्यक रहेको उहाँले बताउनु भयो ।


स्थानीय कृषि उपज बिक्री केन्द्रबाट रामेछाप जिल्लाका आठ वटै स्थानीय तहका किसानले उत्पादन गरेका फलफूल, गेडागुडी लगायतका कृषि उपजहरू बिक्री वितरण हुने सञ्चालक कुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो“रामेछापमा आठ वटा स्थानीय तह छन् । जहाँ धेरै किसानहरूले फलफूल, तरकारी र गेडागुडी लगायतका कृषि उपजहरू उत्पादन गरिरहेका छन् । किसानले उत्पादन गरेका उपजहरू सङ्कलन गरी बिक्री वितरण गर्न स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन गरिएको हो ।”


यसलाई दिगो रूपमा सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले पनि एक वडा एक कृषि उपज उत्पादन जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्थामा स्थानीय कृषि उपज बिक्री केन्द्र स्थानीय सरकारको सहयोगी बन्न सक्ने उहाँले बताउनुभयो । रामेछाप जिल्लाभरका किसानले उत्पादन गर्ने कृषि उपजहरु र त्यसको बजारलाई ध्यानमा राखेर स्थानीय कृषि उपज बिक्री केन्द्र ल्याइएको केन्द्रका निर्देशक हिरा श्रेष्ठले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...