स्थानापती क्षेत्रको विकासका लागी कार्यपालिका बैठक

Written by meropradesh creator

१६ पुष २०७९, शनिबार

रामेछाप । स्थानापति क्षेत्रको विकास निर्माण गर्ने उदेश्यले मन्थली नगरपालिकाले कार्यपालिका बैठक नै स्थानापति मन्दिरमा सम्पन्न गरेको छ । मन्थली नगरपालिकाको वडा नम्बर ९ मा रहेको स्थानापती मन्दिर परिसरमा मन्थली नगरपालिकाको कार्यपालिका बैठक बसेर सो क्षेत्रको विकासका लागी गुरुयोजना नइ बनाएको छ । जिल्लाको प्रसिद्ध मन्दिरको रुपमा रहेको थानापति मन्दिरको विकास गुरुयोजना बनाए र गर्ने र आन्तरिक तथा वाह्य पर्यटक र भक्तजन भित्र्याउने बैठकले लक्षय लिएको छ । पर्यटकको समेत आर्कषक रहेको सो स्थानलाई नगरपालिकाले विषेश रुपमा लिएको छ ।

नगरपालिकाको प्रसिद्ध धार्मिक र पर्यटकिय स्थानको रुपमा रहेको स्थानापति क्षेत्रलाई व्यवस्थित गर्ने र मन्दिर गुम्बा लगाएतका पूर्वाधारको विकास गरी नगरकै आकर्षक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले गुरु योजना नै निर्माण गरी वृहत कार्यक्रम संचालन गर्ने सोच नगरपालिकाले राखेको छ ।

अघिल्लो बैठकमा स्थापनापति मन्दिर क्षेत्रको विकास लागि गुरु योजना निर्माण गर्ने कुरा उठेकोले कार्यपालिकाका सवै सदस्यहरुलाई स्थान विशेषको जानकारी साथै आवश्यकता र औचित्यताको अनुभुति समेतका लागि स्थानापतिमानै बैठक संचालन गरेको नगर प्रमुख श्रेष्ठले वताए ।
जे माग्यो त्यहि बर पाईने विश्वास रहेको स्थानापति मन्दिर मन्थली नगरपालिकाको ९ नम्बर वडामा रहेको छ । यस अघी नगरपालिकाले बाङ्गेसल्ला देखि मन्दिर सम्म आकर्षण सिंढि निर्माण गरी पैदल यात्री लाई मन्दिर सम्मको आवागमनमा सुविधा उपलव्ध गराएको थियो । नगरले निर्माण गरेको उक्त सिंढि जिल्लाकै नमुनाको रुपमा रहेको छ ।

स्थानापति मन्दिर बैरा महादेवको नामले समेत चिनिन्छ । शिवरात्रि, बालाचतुदर्शि, तिज लगाएतका पर्वमा मन्दिरमा मेला लाग्ने गर्दछ । सिन्धुली, दोलखा र रामेछापका विभिन्न भागका दर्शनार्थिहरु मन्दिरमा पुजाआराधानको लागि आउने गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...