रामेछाप । मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयको सबै कागजात जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ ।
विद्यालयमा अध्यनरत दलित छात्राको नाममा आएको छात्राबृत्ति रकम र विद्यालयको पुस्कालय व्यवस्थापनको लागि आएको दुवै रकम सोही विद्यालयका प्रध्यानाध्यापक रामबाबु गिरीले झ्वाम पारेको समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापवाट सोमवार प्रशासकिय अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा गएको एक टोलीले विद्यालयमा भएका सबै कागजात नियन्त्रणमा लिएको हो ।
विद्यालयमा अध्यनरत दलित छात्रा विद्यार्थीले पाउने छात्राबृत्ति रकम विद्यालय प्रशासनले अन्यत्र खर्च गरेको र पुस्ताकालय व्यवस्थापन र लेखा सम्वन्धि विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ । प्रशासनले नियन्त्रणमा लिएको कागजातहरु अध्ययन गरेर आवश्यक कारवाहीको थप प्रक्रिया अघि वढाइने प्रशासकिय अधिकृत लेखनाथ खतिवडाले जानकारी दिए ।
उनले भने– विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रबृती रकम ६ वर्षदेखी बितरण नगरिएको, विद्यालयको पुस्ताकालय व्यवस्थापनको लागि आएको रकम समेत विद्यालयका प्रध्यानाध्यापक रामबाबु गिरीले अपचलन गरेको भन्ने समाचारहरु विभिन्न संञ्चारमाध्यममा आएपछि हामीले सो विद्यालयका सबै कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि वढाएको अधिकृत खतिवडाले बताए ।
विद्यालयमा आएको रकमबाट विज्ञान प्रयोगशालाको सामाग्री खरिद गर्न दुई वर्ष पहिले प्रअ गिरीले आफ्नै नेतृत्वमा खरिद समिति बनाएका थिए । सामाग्रीहरु खरिद नै नगरी सामाग्री खरिद गरेको बिल बनाएर रकम भने भुक्तानी गरेका थिए । त्यस्तै पुस्तकालय ब्यवस्थानको लागि आएको ६ लाख ५० हजार रुपैयाँ बजेट गएको असार ३१ गते चेक काटेर प्रअ गिरीले रकम निकालेर खर्च गरेका थिए । विद्यालयमा भने अहिलेसम्म कुनै सामाग्री पनि खरिद गरिएको छैन् ।
विद्यालयमा अध्यनरत बाबालिकाको नाममा आएको छात्राबृत्ति रकम विद्यार्थीहरुले नपाएपछि पुरानागाउँका अभिभावकहरु विद्यालयमा बुझ्न जाँदा छात्राबृत्तिको लागि आएको सवै रकम जग्गा खरिदमा खर्च भएको भन्दै विद्यालय प्रशासन पन्छिएपछि अभिभावकहरुले पत्रकारहरु गुहारेका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...