स्थानापति माबिको कागजात प्रशासनको नियन्त्रणमा

Written by meropradesh creator

१३ माघ २०७७, मंगलवार

रामेछाप । मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयको सबै कागजात जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ ।
विद्यालयमा अध्यनरत दलित छात्राको नाममा आएको छात्राबृत्ति रकम र विद्यालयको पुस्कालय व्यवस्थापनको लागि आएको दुवै रकम सोही विद्यालयका प्रध्यानाध्यापक रामबाबु गिरीले झ्वाम पारेको समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापवाट सोमवार प्रशासकिय अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा गएको एक टोलीले विद्यालयमा भएका सबै कागजात नियन्त्रणमा लिएको हो ।
विद्यालयमा अध्यनरत दलित छात्रा विद्यार्थीले पाउने छात्राबृत्ति रकम विद्यालय प्रशासनले अन्यत्र खर्च गरेको र पुस्ताकालय व्यवस्थापन र लेखा सम्वन्धि विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ । प्रशासनले नियन्त्रणमा लिएको कागजातहरु अध्ययन गरेर आवश्यक कारवाहीको थप प्रक्रिया अघि वढाइने प्रशासकिय अधिकृत लेखनाथ खतिवडाले जानकारी दिए ।
उनले भने– विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रबृती रकम ६ वर्षदेखी बितरण नगरिएको, विद्यालयको पुस्ताकालय व्यवस्थापनको लागि आएको रकम समेत विद्यालयका प्रध्यानाध्यापक रामबाबु गिरीले अपचलन गरेको भन्ने समाचारहरु विभिन्न संञ्चारमाध्यममा आएपछि हामीले सो विद्यालयका सबै कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि वढाएको अधिकृत खतिवडाले बताए ।
विद्यालयमा आएको रकमबाट विज्ञान प्रयोगशालाको सामाग्री खरिद गर्न दुई वर्ष पहिले प्रअ गिरीले आफ्नै नेतृत्वमा खरिद समिति बनाएका थिए । सामाग्रीहरु खरिद नै नगरी सामाग्री खरिद गरेको बिल बनाएर रकम भने भुक्तानी गरेका थिए । त्यस्तै पुस्तकालय ब्यवस्थानको लागि आएको ६ लाख ५० हजार रुपैयाँ बजेट गएको असार ३१ गते चेक काटेर प्रअ गिरीले रकम निकालेर खर्च गरेका थिए । विद्यालयमा भने अहिलेसम्म कुनै सामाग्री पनि खरिद गरिएको छैन् ।
विद्यालयमा अध्यनरत बाबालिकाको नाममा आएको छात्राबृत्ति रकम विद्यार्थीहरुले नपाएपछि पुरानागाउँका अभिभावकहरु विद्यालयमा बुझ्न जाँदा छात्राबृत्तिको लागि आएको सवै रकम जग्गा खरिदमा खर्च भएको भन्दै विद्यालय प्रशासन पन्छिएपछि अभिभावकहरुले पत्रकारहरु गुहारेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...