रामेछाप । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि ६ सय ६१ जना उद्यमीलाई सिफारिस गरेको छ । देश भरबाट ६६१ जना उद्यमी सिफारिस हुँदा रामेछाप बाट भने ५ जना उद्यमी सिफारिस भएका छन् ।
सिफारिस भएका रामेछापका ५ जना उद्यमी मध्य ३ उद्यमी मन्थली नगरपालिकाका रहेका छन् भने रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकाका एक एक जना उद्यमी सिफारिसमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि सिफारिस गरेका उद्यमीहरुले न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा बिना धितो पाउने छन् ।
मन्थली नगरपालिका–७ भटौलीको आसिका कृषि तथा पशुपन्छी फार्म, मन्थली नगरपालिका–१ को राम जानकी सोप एण्ड केमिकल्स कम्पनी प्रा.लि. र मन्थली नगरपालिका–१३ को कालिकादेवी कृषि तथा पशुपंक्षी फार्म कर्जाका लागि सिफारिसमा परेका छन् ।
त्यसै गरी रामेछाप नगरपालिका–७ सुकाजोरको मिलीजुली कृषि तथा पशुपंक्षी फार्म र गोकुलगंगा गाउँपालिका–४ बेतालीको बेताली एग्रीकल्चर वाइल्ड लाइफ एण्ड रिसर्च सेन्टर कर्जाका लागि सिफारिस भएका छन् । कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैङ्कको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । कुन उद्यमी कुन बैङ्कको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।
यहाँ सम्पुर्ण विवरण हेर्न सक्नुहुनेछ ।









