सशस्त्र प्रहरी परिसरमा वृक्षारोपन

Written by meropradesh creator

३० असार २०७८, बुधबार

रामेछाप । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापको परिसरमा एक कार्यक्रम बिच वृक्षरोपन सम्पन्न भएको छ ।  सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म, डिभिजन बन कार्यालय र वातावरण संरक्षण परियोजनाको सयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो ।
वक्षृरोपन कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले वातावरण संरक्षण परियोजनाले करडौंको आयोजना सञ्चालन गरीरहदा परियोजनाले बजेट भने सार्वजनीक नगरेको बताए । अध्यक्ष नयाँघरेले भने १० करोड भन्दा माथीको कार्यक्रम जिल्लामा सञ्चालन भएको सुनिएको छ तर के हो यर्थात सार्वजनीक भएको छैन ।
परियोजनाले कहाँ के गरेको छ त्यो सार्वजनीक गरीएको छैन छिटै सार्वजनीक गर्न अध्यक्ष नयाँघरेले आग्रह समेत गरे । त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले मन्थली नगरपालिका हरीयाली बनाउन यो वृक्षरोपन कार्यक्रमले ठुलो साथ दिने बताए । सुख्खा तथा रातो पाखोमा बिरुवा हुर्काउन चुनौती भएको भन्दै तत्काल पानीको ब्यवस्थापन गर्न सहयोग गर्ने पनी बताए । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख केशब राज प्याकुरेलले सबै बिरुवाको संरक्षणमा लागी पर्ने बताए । उनले भने तत्कालको लागी पानीको समस्या रहेको भएपनी बिरुवा संरक्षणमा आफु र गुल्म लागी पर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...