सर्वोच्चमा टिकटक प्रतिबन्ध विरुद्ध आजदेखि सुनुवाइ

Written by meropradesh creator

१९ मंसिर २०८०, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ हुने भएको छ ।
करिव एक दर्जन रिटसर्वोच्च अदालतमा दर्ता भएका छन् । उक्त रिट निवेदनमाथि आज देखी एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो । प्रतिबन्धको निर्णयको बचाउ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार मन्त्रालय लगायतले टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले सरकार बाध्य भएर प्रतिबन्धको निर्णयमा पुगेको दावी गरेका छन् । सोमबारमात्रै सम्पादक हरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आवश्यक परे कानूनमा नियमनको व्यवस्था राखेर प्रतिबन्ध माथि पुनर्विचार गर्न सकिने बताएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...