काठमाण्डौं । सर्वोच्च अदालतको फैसलाले राजनितिक समस्या हल नहुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दावी गरेका छन् ।
सर्वोच्चको फैसला आएको केही समयपछि ट्विट गर्दै रिमालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्ने बताउँदै फैसलाले जारी राजनीतिक समस्या भने हल नगर्ने उनले लेखेका छन् ।
प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।
— Bishnu Rimal ~Blue tick goes here (@BishnuRimal) February 23, 2021