सर्वाधिक पुरस्कार सहित सुनापति अध्यक्ष कप हुने

Written by meropradesh creator

१४ फाल्गुन २०७८, शनिबार

रामेछाप । सुनापति गाउँपालिकामा सर्वाधिक पुरस्कार सहित चैत्र ५ गतेदेखि ८ गतेसम्म सुनापति अध्यक्ष कप हुने भएको छ । सुनापति गाउँपालिका खेलकुद विकास समितिले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलन गरी गाउँपालिकाले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।
जिल्ला स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कपलाई सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता मानिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर ५ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सेटर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट ब्लकर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट डिफेण्डर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सर्भर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि ५ हजार नगद ट्रफि र प्रमाण–पत्र प्रदान गरिने छ ।
ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद, ट्रफि मेडल र प्रमाण–पत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफि, मेडल र प्रमाण–पत्र, तृतीय पुरस्कार ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २ हजा ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कार १ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । ब्याडमिन्ट खेल पुरुण तथा महिलातर्फ छुट्टाछुट्टै खेलाइने छ भने पुरस्कार पनि दुवैतर्फत प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको लागि दैनिक भक्ताको समेत ब्यवस्था गरिएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिएका छन् । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले बताए । प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते भएमा सम्पूर्ण उपचार समेत गाउँपालिकाले नै गरिदिने पनि अध्यक्ष लामाले जानकारी दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...