रामेछाप । मन्थली नगरपालिका–९ पुरानो गाउँमा रहेको स्थानापाती मा.वि मा नवनिर्मित सरस्वती मन्दिरमा पूर्व विद्यार्थी कृष्ण श्रेष्ठले १५ किलोको पाल्पाली काँसको घण्टी सहयोग गरेको छ । होटेल व्यवसायी महाँसंघ नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका श्रेष्ठले आफू अध्ययनरत विद्यालयमा निर्माण भएको मन्दिरमा १५ किलो बराबरको पाल्पाली काँसको घण्टी सहयोग गरेका हुन् । श्रेष्ठ हाल काभ्रेको बनेपामा भिआइपी थकाली होटेलका सञ्चालक हुन् ।
मन्थली नगरपालिकाको २ लाखको लगानीमा निर्माण भएको मन्दिरमा श्रेष्ठ सँगै स्पेनमा होटेल व्यवसाय गर्दै आएका दिनेश गिरीले स्वर्गीय बुबा नन्दलाल गिरिको नाम बाट ५१ हजार, रामबहादुर आले, सुनिल लामा बाट मन्दिरलाई आवश्यक टायल र मार्बल, वडा सदस्य धनलाल तामाङ बाट सरस्वतीको मूर्ति, सहयोग गरेको छन् । विभिन्न क्षेत्रमा आबद्ध भएपनी आफ्नो गाउँ निर्माणको लागी आफूहरू पनि लागिपरेको पूर्व विद्यार्थी श्रेष्ठले बताए ।