राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुनविपरीत नियुक्त गरेको टिप्पणी गरेका छन् ।
बुधबार अर्थ समितिको बैठकमा प्रमुख सचेतक शाहीले नवनियुक्त गभर्नर विश्वनाथ पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन् । शाहीले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था रहेकाे स्मरण गराए ।
गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको उनको जिकिर छ । प्रमुख सचेतक शाहीले नवनियुक्त गभर्नर पौडेलको पढाइ कृषि विषयमा रहेको पनि टिप्पणी गरे ।









