सरकारी पुल बेचबिखन प्रकरणमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

२१ जेष्ठ २०८२, मंगलवार

काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम सरकारी सम्पत्ति व्यक्तिगत रूपमा बिक्री गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेले सोमबार उनलाई काभ्रे भन्ज्याङबाट नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारीअनुसार, गत असोज महिनामा रोशी खोलामा आएको बाढीले बगाएको फलामे पक्की पुल र झोलुङ्गे पुल वडाध्यक्ष गौतमले कबाडी व्यवसायीलाई बेचेको आरोप लागेपछि प्रहरी अनुसन्धान अघि बढाइएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी मिनबहादुर घलेका अनुसार, वडाध्यक्ष गौतममाथि आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर प्रक्रिया अघि बढाइँदैछ।

स्थानीयवासीहरूले वडाध्यक्ष गौतमले सम्बन्धित निकायसँग कुनै समन्वय नगरी पुल कबाडीलाई मनोमानी ढंगले बिक्री गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुलसमेत बिक्री गरिएको स्थानीयले बताएका छन्।

पुल काटेर ट्रकमा लोड गर्न थालिएपछि थानसिङ्गबेशीमा स्थानीय र कबाडी व्यवसायीबीच विवादसमेत भएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचनाको आधारमा प्रहरी चौकी कटुन्जेका प्रमुख सई मनु सापकोटाको नेतृत्वमा खटिएको टोलीले जेठ १२ गते राति पुल लोड गरिरहेका दुईवटा ट्रक—बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका सवारीसाधन नियन्त्रणमा लिएको थियो।

यससँगै, प्रहरीले कबाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई पक्राउ गरेको छ भने टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ का ४७ वर्षीय मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ का ४० वर्षीय रमेश लामालाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका वडाध्यक्ष गौतमले भने आफूले नमोबुद्ध नगरपालिका–६ सँग समन्वय गरेर मात्र सामान उठाएको दाबी गरेका छन्। यद्यपि, प्रारम्भिक अनुसन्धानमा कुनै औपचारिक प्रक्रिया नपुर्‍याई बिक्री गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...