सरकारी पुल बेचबिखन प्रकरणमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

२१ जेष्ठ २०८२, मंगलवार

काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम सरकारी सम्पत्ति व्यक्तिगत रूपमा बिक्री गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेले सोमबार उनलाई काभ्रे भन्ज्याङबाट नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारीअनुसार, गत असोज महिनामा रोशी खोलामा आएको बाढीले बगाएको फलामे पक्की पुल र झोलुङ्गे पुल वडाध्यक्ष गौतमले कबाडी व्यवसायीलाई बेचेको आरोप लागेपछि प्रहरी अनुसन्धान अघि बढाइएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी मिनबहादुर घलेका अनुसार, वडाध्यक्ष गौतममाथि आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर प्रक्रिया अघि बढाइँदैछ।

स्थानीयवासीहरूले वडाध्यक्ष गौतमले सम्बन्धित निकायसँग कुनै समन्वय नगरी पुल कबाडीलाई मनोमानी ढंगले बिक्री गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुलसमेत बिक्री गरिएको स्थानीयले बताएका छन्।

पुल काटेर ट्रकमा लोड गर्न थालिएपछि थानसिङ्गबेशीमा स्थानीय र कबाडी व्यवसायीबीच विवादसमेत भएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचनाको आधारमा प्रहरी चौकी कटुन्जेका प्रमुख सई मनु सापकोटाको नेतृत्वमा खटिएको टोलीले जेठ १२ गते राति पुल लोड गरिरहेका दुईवटा ट्रक—बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका सवारीसाधन नियन्त्रणमा लिएको थियो।

यससँगै, प्रहरीले कबाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई पक्राउ गरेको छ भने टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ का ४७ वर्षीय मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ का ४० वर्षीय रमेश लामालाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका वडाध्यक्ष गौतमले भने आफूले नमोबुद्ध नगरपालिका–६ सँग समन्वय गरेर मात्र सामान उठाएको दाबी गरेका छन्। यद्यपि, प्रारम्भिक अनुसन्धानमा कुनै औपचारिक प्रक्रिया नपुर्‍याई बिक्री गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...