सरकारी कर्मचारी काम बिहिन– हाजिर गर्दै भाग्दै

Written by meropradesh creator

२३ पुष २०७७, बिहीबार

रामेछाप । रामेछापका केही सरकारी कार्यालय र तिनका कर्मचारी काम बिहिन जस्तै भएका छन् । कार्यालयमा काम नभएपछि कर्मचारीहरु कार्यालय समयमा पुगेर हाजिर गर्ने र भाग्दे क्रम बढ्दो छ ।
स्थानिय निकायलाई काम गर्ने सम्पूर्ण अधिकार दिएसँगै कार्यालयहरुमा सेवाग्राहीहरुको चाप ह्वात्तै घटेपछि कार्यालय र कर्मचारीहरु काम बिहिन जतिकै भएका हुन् । यसअघि जिल्लामा ३० वटा सरकारी कार्यालय रहेको र गाउँवाट आउने सेवाग्राहीहरुको कुनै न कुनै काम सरकारी कार्यालयमा पर्ने र सदरमुकाम आउने गर्दथे । अहिले सबै जसो काम गाउँमै हुनेभएपछि सेवाग्राही घट्दै गएका हुन् ।
गाउँ–गाउँमा स्थानिय तह गठन भएसँगै हाल २ नगरपालिका र ६ वटा गाउँपालिका मार्फत सरकारले सेवा आरम्भ गरेको छ । जसकाकारण सदरमुकामका सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीको संख्या ह्वातै घटेको स्थानियहरुले वताएका छन् । अधिकासं नागरिकहरुको काम स्थानिय निकायवाटै हुन थालेपछि शिक्षा बिकास तथा समन्वय इकाई, जिल्ला समन्वय समिति, जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी काम विहिन जतिकै बनेका छन् ।
स्थानिय निकायको निर्वाचन अघि गुम्देल देखी गौश्वारासम्मका नागरिकहरु सेवा लिनको लागि सदरमुकाममा धाउनु पर्दा ती कार्यालयका कर्मचारीहरुलाई काम तामेलीमा भ्याईनभ्याई हुने गरेको थियो । यसअघि शिक्षा कार्यालयवाट प्रबाह हुने सवै काम स्थानिय निकायवाट हुन थालेपछि मन्थलीमा अवस्थीत सरकारी कार्यालयका कर्मचारीहरुको काम निकै घटेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरतवहादुर भट्टराईले जानकारी दिए ।
ती कार्यालयहरुमा कामको चाँप घटेसँगै भुकम्प पिडीतहरुको सेवाका लागि संचालनमा ल्याइएका कोषतथा लेखा नियन्त्रक कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इर्का (भवन) अन्तर्गतका प्रशासनिक र प्राविधिक क्षेत्र हेर्ने कार्यालयका काममा पनि चाँप घटेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य वैंक लगाएतका जिल्ला सदरमुकाममा रहेका करिब एकदर्जन वैंकहरुमा पनि यतिवेला सेवाग्राहीहरुको चाँप घटेकोे छ । अहिले स्थानिय निकायमा नैं बैंकहरु खुलेपछि सदरमुकाममा रहेका बैंकहरुको चाप घटेको हो ।
विगत वर्षको तुलनामा सेवाग्राहीहरु थोरै मात्रामा आउने गरेको र भुकम्पको किस्ता लिने वेलामा पनि मानिसको चहलपहल घटेको छ । बाँकी रहेका कार्यालयहरु मध्ये पुनर्निमार्ण, जग्गाको कित्ताकाट र जग्गाको नापी समेत गर्नको लागि प्राविधिकहरु नै आवश्यक पर्ने हुँदा नापी कार्यालयमा भने तुलनात्मक रुपमा सेवाग्राहीको चाँप वढेको छ । त्यसैगरी मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय लगाएतका तालुके कार्यालयमा गएको वर्षको तुलनामा सेवाग्राहीको चाँप यसवर्ष बढेको दखिएको नागरिक समाजका अगुवा रामचन्द्र शर्माले वताए ।
जिल्लामा रहेका सकारी कार्यालयका कर्मचारीहरुको उपस्थिती नियमित नहुने गरेको जिल्ला प्रशासन कार्यालयले पटक–पटकको अनुगमनमा समेत फेला पर्ने गरेको छ । प्रशासनको अनुगमन पछि केही कर्मचारीहरुलाई स्पष्टिकरण सोध्ने काम समेत भयो । तर कर्मचारीहरु भने पहिलाको बानी छोडेनन् । कार्यालयमा काम नभएको भन्दै सरकारी कर्मचारी कार्यालय समयमा समेत बस्ने गरेका छैनन् । कार्यालयमा १० वजे पुगेका कर्मचारी पनि हाजिर गराएर दिनभरी हराउने गरेका छन् ।
सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु अनिवार्य रुपमा कार्यालय समयसम्म बस्नु पर्ने हुन्छ । यदी त्यसरी कर्मचारीहरु कार्यालयमा हाजिर गरेर मात्रै भाग्ने र कार्यालयमा नबस्ने भेटिएमा तत्काल कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी    दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...