सरकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !

२२ आश्विन २०८२, बुधबार

रसकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !

मन्थली – जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार जिल्लाका ११ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । दशैँपछि खुलेका सरकारी कार्यालयको अवस्था, सेवाप्रवाहको स्थिति र  कर्मचारीको उपस्थिति बारे जानकारी लिन प्रशासनको टोलीले  छड्के अनुगमन गरेको हो । प्रशासनका नायबसुब्बा लक्ष्मण भुजेलले बर्षको तीन-तीन महिनामा जिल्ला सरकारी कार्यालयको अनुगमन गर्ने गरिएको बताउदै यसले कार्यालयहरुलाई थप जिम्मेवारी महसुस गराई सेवा प्रवाहमा गुणस्तरियता कायम हुने  अपेक्षा गरिएको बताउनु भयो । बुधबारको अनुगमनमा संघीय खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन र सघन शहरी विकास कार्यालयका प्रमुखहरू कार्यालय खुलेको दुई दिनसम्म पनि हाजिर नभएको भेट्टाएको छ । अनुपस्थित प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।यसका साथै, सघन शहरी तथा भवन निर्माण आयोजनामा अर्को एउटा समस्या पनि देखिएको छ ।उक्त कार्यालयमा ६-७ जना करारका कर्मचारीहरू करार सम्झौता बिना नै काम गरिरहेको पाइएको नासु भुजेलले बताउनु भयो । यो गम्भिर समाधानको लागि पनि कार्यालय प्रमुखलाई निर्देशन दिइएको उहाँको भनाइ छ । दशैँ लगत्तै प्रशासनको यो सक्रियताले सरकारी कार्यालयमा गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...