सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

२० पुष २०८१, शनिबार

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार सेवा प्रदायक सरकारी कार्यालयहरूले यस आर्थिक वर्षको हालसम्म गरेका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्लामा रहेका ५० भन्दा बढी सेवा प्रदायक सबै सरकारी कार्यालय मध्ये ३० वटा कार्यालयका प्रमुख तथा प्रतिनिधिले हालसम्म गरेका काम, उपलब्धि र चुनौती बारे जानकारी गराए ।

कार्यक्रममा हालसम्म गरेका काम, उपलब्धिका बारेमा जानकारी दिएका कार्यालयहरूको प्रगतिको अवस्था दयनीय देखिएका छन् । त्यसमा पनि जिल्लामा विकास निर्माणको काम गर्ने विकासे कार्यालयहरूको अवस्था झनै दयनीय देखिएको छ। आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा ठुला योजना कार्यान्वयन गर्दै आएका विकासे अड्डाहरूको विकास बजेट खर्च हेर्दा ५ प्रतिशतसम्म देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले सेवा प्रदायक कार्यालयले गरेको काम सञ्चारमाध्यम मार्फत नागरिकले जानकारी पाउन् भनी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यो पहिलो कार्यक्रम भएकोले अन्तरक्रियात्मक सार्वजनिक करण कार्यक्रम भएको बताउँदै उहाँले यसलाई बिस्तारै परिमार्जित गरेर लैजाने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरूले विकासका काम सयमा नै गर्नुपर्ने सुझाव दिएका छन् । कार्यालयका सूचना र डाटा व्यवस्थित रूपले राख्न र जो कोहीले माग्दा पनि सही सूचना र तथ्याङ्क दिने व्यवस्था मिलाउन पनि पत्रकारहरूले आग्रह गरे । कृषि, सिँचाइ, खानेपानी, सडक, पूर्वाधार निर्माण, स्वास्थ्य, स्थानीय तह, नापी, मालपोत, बजार अनुगमन, लगायतका क्षेत्रमा विभिन्न समस्या रहेकाले ती समस्या समाधानको लागि भइरहेका पहलको बारेमा पत्रकारहरूले जिज्ञासा राख्नु राखेका थिए ।

त्यस्तै नागरिकता लगायतका विषयमा आएका गुनासाका विषयमा पनि सहभागीले प्रश्न राखेका थिए । कार्यालय प्रमुख तथा प्रतिनिधिहरूले उठेका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए । एउटै बसाइमा सबै प्रश्नको जवाफ नआउने भए पनि रचनात्मक सुझावले सेवा प्रवाहमा सुधार गर्न सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...