सरकार विरुद्ध काँग्रेसको रामेछापमा विरोधसभा

Written by meropradesh creator

२९ मंसिर २०७७, सोमबार

रामेछाप २९ मंङ्सिर ।
रामेछाप । वर्तमान सरकारले गरेको कामकाजको विषयलाई लिएर नेपाली काँग्रेस रामेछापले पनि देशका अन्य जिल्लाहरुमा जस्तै रामेछापमा पनि विरोध जुलुस सहित आफ्नो शक्ती प्रदर्शन गरेको छ ।
देशभर एकैसाथ प्रदर्शन गर्ने क्रममा नेपाली काँग्रेस रामेछापले पनि विरोध र्याली प्रदर्शन गरेको हो । मन्थली नगरपालिकाको वडा नं–१ भैसेश्वर चोकबाट विभिन्न नारा सहित निस्किएको र्यालीले मन्थली बजार परिक्रमा गरी स्थानिय देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।


नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निवर्तमान पार्टी सभापती रामचन्द्र खड्का, संघीय संसदका तत्कालिन उमेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम), महाधिवेशन प्रतिनिधिहरु क्रमश ध्रुव लामा, अर्जुन केसी, लगाएतका वक्ताहरुले अहिलेको सरकारको चर्को आलोचना गरेका थिए ।
त्यसैगरी कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष गंगा अधिकारी, प्रदेश (क) तथा (ख) का उमेद्वार रत्न कार्की र जीतबहादुर थापामगर, तरुण दलका सह–सचिव जीवन कार्की, नेविसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेल र वर्तमान अध्यक्ष सुशील अधिकारी लगायतले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै चर्को विरोध गरेका थिए ।
बिरोध कार्यक्रममा बोल्दै उनीहरुले सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्य आतंक, चर्को र चरम मूल्य बृद्धि, ब्यापकरुपमा मौलाएको, भ्रष्टाचार दैनिक रुपमा बढेको, महिला हिंसा लगाएतका घटनाहरु बृद्धि हुँदा पनि यो सरकारले केही नियन्त्रण गर्न नसकेको आरोप उनीहरुले लगाएका छन् ।
त्यसैगरी बिरोध कार्यक्रममा वोल्ने बक्ताहरुले अहिलेको कम्युनिष्ट सरकारले गरेको करवृद्धि, बालुवाटारको ललिता निवासको जग्गा प्रकरण, लगायतका सयौं काण्डै काण्ड मात्रै गरेको भन्दै कुशासनको विरुद्ध नेपाली काँग्रेसले बर्तमान सरकारको भण्डाफोर गरेरै छाड्ने बताए ।
कम्युनिष्ट सरकारको अधिनायकवाद विरुद्ध नेपाल विद्यार्थी संघको अगुवाईमा आइतवार साँझ पनि रामेछापको सदरमुकाम मन्थलीमा सिठ्ठी जुलुस प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा नेपाल तरुण दल, नेपाली काँग्रेस, नेपाल महिला संघ लगाएतका विभिन्न भातृ संघसंगठनका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...