रामेछाप । तामाङ समुदायको बाहुल्यता रहेको सुनापति गाउँपालिकामा सोनाम ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार पालिकाले एक सार्वजनिक विज्ञप्ती नै प्रकाशित गरि तीनदिन सरकारी कार्यालय बिदा दिने निर्णय गरेको हो । पालिकाले २८५९ औं तावार सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखी ९ गतेसम्म सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिए ।