सनराईज बैंक द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

Written by meropradesh creator

१५ चैत्र २०७९, बुधबार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका प्रितिमा रहेको सन्राईज बैंकले बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । बैंकले मंगलबार एक कार्यक्रमको आयोजनागरि स्वीटर वितरण गरेको हो ।


सन्राईज बैंक लि. प्रिति शाखाका प्रबन्धक सुनिल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथि समेत रहेका उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सनराईज बैंकले दुर्गम स्थानमा आएर सरल र सहजरुपमा सेवा दिएको बताए ।


गाउँपालिका अध्यक्ष सुनुवारले कार्यक्रमलार्य सम्बोधन गर्दै भने “ केहि बर्ष अघि सम्म यो स्थानमा बैंक तथा व्यवस्थित बित्तिय संस्था थिएन । जब यो स्थानमा सनराइज बैंक स्थापना भयो । तब यो ठाउको नागरिकलाई सहज भयो । धेरै यो क्षेत्रको नागरिक बाहिर बस्ने हुदा दश बिस हजार लिन मन्थली वा जिरी पुग्न पर्ने अवस्था थियो । पैसा बोकेर हिड्न त्यतीकै समस्या थियो । पैसा घरमा राख्दा पनि चोरीको खतरा थियो । जब बैंक यो स्थानमा बस्यो सबै समस्या सहज भयो । आज झन आफ्नो सामाजिक त्तरदायित्व कार्यक्रम अन्र्तरगत न्यानो कपडा बितरण गरेर बैंकले प्रति बासीको मन जितेको छ अध्यक्षले भने ।
कार्यक्रममा गाँउपालिका –४ का वडा अध्यक्ष मान बहादुर सुनुवार, सन्राईज बैंक लि बाम्ती शाखाका प्रबन्धक निरज ढकाल, उमाकुण्ड गाउँपालिका शिक्षा, तथा खेलकुद विकास शाखाका प्रमुख विनिता महत, विद्यालय व्यवस्थापन समितिका पधाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरु र उक्त विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...