संयुक्त राष्ट्रसंघद्वारा गाजामा अनिकालको घोषणा, पाँच लाखभन्दा बढी मानिस ‘विनाशकारी’ भोकमरीको चपेटामा

७ भाद्र २०८२, शनिबार

काठमाडौँ । संयुक्त राष्ट्रसंघले गाजामा अनिकाल (Famine) को औपचारिक घोषणा गरेको छ। मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको हो। विज्ञहरूले गाजामा पाँच लाखभन्दा बढी मानिस ‘विनाशकारी’ भोकमरीको सामना गरिरहेको चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त गाजामा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्याएको आरोप लगाएका छन्। तर, इजरायलको विदेश मन्त्रालयले गाजामा अनिकाल परेको घोषणा हमासको प्रचारमा आधारित भएको दाबी गरेको छ।

अनिकालको मूल्याङ्कन ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी)’ ले गरेको हो। उक्त निकायका अनुसार गाजामा हाल करिब १० लाख मानिस बसोबास गर्छन्। तीमध्ये पाँच लाखभन्दा बढीले दैनिक खाद्यान्न संकट र कुपोषणको गम्भीर असर भोगिरहेका छन्। पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् भने प्रत्येक १० हजार जनसंख्यामा कम्तीमा दुई जनाको मृत्यु दैनिक भोकमरी वा कुपोषणसँग सम्बन्धित रोगका कारण भइरहेको छ।

रोमस्थित आईपीसीले सन् २०२५ अगस्ट १५ सम्ममा गाजाको सम्पूर्ण प्रशासनिक प्रान्तमा अनिकाल पुष्टि भएको जनाएको छ। सेप्टेम्बरसम्ममा देइर अल–बालाह र खान युनिस प्रान्तहरूमा पनि यो संकट फैलने अनुमान गरिएको छ। यसले गाजाको कुल जनसंख्याको तीन चौथाईभन्दा बढी, करिब ६ लाख ४१ हजार मानिसलाई प्रत्यक्ष प्रभावित गर्ने बताइएको छ।

आईपीसीले यो अवस्थालाई ‘पूर्ण रूपमा मानव सिर्जित संकट’ भनेको छ। मार्चमा इजरायलले गाजामा राहत आपूर्तिमा पूर्ण प्रतिबन्ध लगाएको थियो भने मे महिनाबाट अत्यन्त सीमित मात्रामा सहायता प्रवेश गर्न अनुमति दिएको थियो। यसै कारण गाजामा खाद्यान्न, औषधि र ईन्धनको गम्भीर अभाव उत्पन्न भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...