सम्वन्ध विच्छेदको मुद्धाको सख्या रामेछापमा बृद्धि

Written by meropradesh creator

५ बैशाख २०७८, आईतवार

रामेछाप । रामेछाप जिल्लामा संम्वन्ध विच्छेद गर्ने हरुको संख्या अत्याधिक बृद्धि भएको छ । विगत साउन महिना यता मात्र जिल्ला अदालत रामेछापमा १ सय ३५ वटा सम्वन्ध विच्छेदका मुद्धा दायर भएपछि यसको संख्या ह्वात्तै बढेको हो ।
समाजमा बढ्दो वेमेल विवाह, उमेरै नपुगि हुने विवाह, कम उमेरमा हुने गरेको प्रेम विवाह,बैदेशिक रोजगारी आदीका कारणले संम्वन्ध विच्छेदका मुद्धाको संख्यामा उल्लेखय बृद्धि भएको जिल्ला अदालतले जनाएको छ । अदालतले विहिबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त तथ्य सार्वजनिक गरेको हो ।
जिल्ला अदालतका अनुसार गत साउन देखि बैशाख २ गते सम्म आईपुग्दा अदालतमा कुल ३ सय ९५ वटा मुद्धा दायर भईसकेका र त्यसमध्य २ सय ११ वटा मुद्धा फस्र्योेट भई सकेका र फस्र्याैट हुन बाँकि १ सय ८४ मुद्धा रहेका छन् । त्यसमध्य संबन्ध विच्छेद सम्बन्धि १ सय ३५ वटा मुद्धा रहेकामा ९४ वटा फस्र्योेट भएका र ४१ मुद्धा फैसला हुन बाँकि रहेका छन् । त्यस्तै ३५ वटा जर्बजस्तीकरणीका मुद्धा मध्य १६ मुद्धा फस्योछ भईसकेका र १९ मुद्धा बाँकि रहेका छन । त्यस बाहेक यौन दुर्वेबहारका ४४ वटा मुद्धा रहेका छन् ।
यसरी सम्वन्ध विच्चेद संगै जर्बजस्ती करणी र यौन दुव्यवहारका मुद्धा पनि अदालतमा अत्याधिक दर्ता भएको तथ्याँकलाई नियाल्ने हो भने हाम्रो समाज पछिल्लो समयमा विपरित दिसा तर्फ जान लागेको हो कि भन्ने सहजै अनुमान लगाउन सकिने विज्ञहरुको दावि रहेको छ ।
त्यस्तै कैद भुक्तान हुन वाँकि दिन ५ सय २ बर्ष ९ महिना २२ दिन मध्य २ सय १२ वर्ष २ महिना १९ दिन फस्र्योेट भईसकेको र कुल २ सय ८९बर्प ६ महिना २३ दिन फस्र्याेट हुन बाँकि रहेको पनि अदालतले जनाएको छ । यसैगरी जरिवाना तर्फ ११ करोड २८ लाख ६ सय ३४ रुपैयाँ मध्य २५ लाख ६७ हजार ८ सय २० रुपैया जरिबाना असुल उपर हुँदा कुल ११ करोड २८ लाख ६ सय ३४ जरिवान लगत मध्य २५ लाख ६७ हजार ८ सय वीस फस्र्याैछ भई ११ करोड २ लाख ३४ हजार ८ सय १४ फस्र्याेट हुन बाँकि रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायधिस मोहन राज भट्टराईले अदालतबाट हुने विभिन्न खालका मुद्धा,तिनको फस्र्योेट तथा अन्य गतिविधिका बारेमा मिडियाहरुमा कम आउने गरेको गुनासो गर्दे आफुले अदालतलाई मिडियामैत्री बनाउन चाहेकोले सहयोगका लागि आग्रह गर्नु भयो । कार्यक्रममा अदालतका श्रेष्तेदार राम प्रसाद पौडेल र जिल्ला न्यायधिबक्ता यदुनाथ शर्माको समेत उपस्थीति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...