रामेछाप । रामेछाप जिल्लामा संम्वन्ध विच्छेद गर्ने हरुको संख्या अत्याधिक बृद्धि भएको छ । विगत साउन महिना यता मात्र जिल्ला अदालत रामेछापमा १ सय ३५ वटा सम्वन्ध विच्छेदका मुद्धा दायर भएपछि यसको संख्या ह्वात्तै बढेको हो ।
समाजमा बढ्दो वेमेल विवाह, उमेरै नपुगि हुने विवाह, कम उमेरमा हुने गरेको प्रेम विवाह,बैदेशिक रोजगारी आदीका कारणले संम्वन्ध विच्छेदका मुद्धाको संख्यामा उल्लेखय बृद्धि भएको जिल्ला अदालतले जनाएको छ । अदालतले विहिबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त तथ्य सार्वजनिक गरेको हो ।
जिल्ला अदालतका अनुसार गत साउन देखि बैशाख २ गते सम्म आईपुग्दा अदालतमा कुल ३ सय ९५ वटा मुद्धा दायर भईसकेका र त्यसमध्य २ सय ११ वटा मुद्धा फस्र्योेट भई सकेका र फस्र्याैट हुन बाँकि १ सय ८४ मुद्धा रहेका छन् । त्यसमध्य संबन्ध विच्छेद सम्बन्धि १ सय ३५ वटा मुद्धा रहेकामा ९४ वटा फस्र्योेट भएका र ४१ मुद्धा फैसला हुन बाँकि रहेका छन् । त्यस्तै ३५ वटा जर्बजस्तीकरणीका मुद्धा मध्य १६ मुद्धा फस्योछ भईसकेका र १९ मुद्धा बाँकि रहेका छन । त्यस बाहेक यौन दुर्वेबहारका ४४ वटा मुद्धा रहेका छन् ।
यसरी सम्वन्ध विच्चेद संगै जर्बजस्ती करणी र यौन दुव्यवहारका मुद्धा पनि अदालतमा अत्याधिक दर्ता भएको तथ्याँकलाई नियाल्ने हो भने हाम्रो समाज पछिल्लो समयमा विपरित दिसा तर्फ जान लागेको हो कि भन्ने सहजै अनुमान लगाउन सकिने विज्ञहरुको दावि रहेको छ ।
त्यस्तै कैद भुक्तान हुन वाँकि दिन ५ सय २ बर्ष ९ महिना २२ दिन मध्य २ सय १२ वर्ष २ महिना १९ दिन फस्र्योेट भईसकेको र कुल २ सय ८९बर्प ६ महिना २३ दिन फस्र्याेट हुन बाँकि रहेको पनि अदालतले जनाएको छ । यसैगरी जरिवाना तर्फ ११ करोड २८ लाख ६ सय ३४ रुपैयाँ मध्य २५ लाख ६७ हजार ८ सय २० रुपैया जरिबाना असुल उपर हुँदा कुल ११ करोड २८ लाख ६ सय ३४ जरिवान लगत मध्य २५ लाख ६७ हजार ८ सय वीस फस्र्याैछ भई ११ करोड २ लाख ३४ हजार ८ सय १४ फस्र्याेट हुन बाँकि रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायधिस मोहन राज भट्टराईले अदालतबाट हुने विभिन्न खालका मुद्धा,तिनको फस्र्योेट तथा अन्य गतिविधिका बारेमा मिडियाहरुमा कम आउने गरेको गुनासो गर्दे आफुले अदालतलाई मिडियामैत्री बनाउन चाहेकोले सहयोगका लागि आग्रह गर्नु भयो । कार्यक्रममा अदालतका श्रेष्तेदार राम प्रसाद पौडेल र जिल्ला न्यायधिबक्ता यदुनाथ शर्माको समेत उपस्थीति रहेको थियो ।