संविधानसभा सदस्य सुनुवारको निधन

रामेछाप  ।  संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य सुनुवारको शनिवार दिउँसो निधन भएको हो ।

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाईँवाले जानकारी दिए । लामो समय देखि थाइराईड क्यान्सर रोगका कारण भारतमा गएर उपचार गराई रहेकी सुनुवारलाई केही समय देखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो । उनको दिउँसो करिब ३ बजेको समयमा उपचारका क्रममा  मृत्यु भएको बाईँवाले जानकारी दिएका छन् ।

सुनुवारको पार्थिव शरीर लाई आइतबार बिहान १० बजे देखि अन्तिम श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा लगेर दाह संस्कार गर्ने कार्यक्रम तय भएको पनि जिल्ला अध्यक्ष बाईँवाले जानकारी गराएको छ । 

 यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले शनिवारै  एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय दाल कुमारी सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लाइनै क्षति पुगेको जनाएको छ । पार्टी अध्यक्ष भरत वाईवाद्धारा जारी विज्ञप्तिमा सानै उमेर देखि राजनीति  र सामाजिक क्षेत्रमा क्रियाशील संविधान सभाकी सदस्य तथा एक साहसिक महिला नेतृको निधनले आफ्नो पार्टी र जिल्लाइनै अपूरणीय क्षति पुगेको भन्दै सुनुवारको निधनको खबरले आफू पनि अत्यन्तै मर्माहत भएको भन्दै  दिवङ्गत आत्मा प्रति चिर शान्तिको कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजन प्रति  हार्दिक समवेदना पनि प्रकट गर्दछु,विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...