संविधान संशोधनमा कांग्रेस सक्रिय, सहमतिको खोजीका लागि कार्यदल गठन

काठमाडौं, असार २३ —संविधान संशोधन प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले औपचारिक तयारी सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संशोधनका सम्भाव्यता, आवश्यकता र राजनीतिक सहमति निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार गठबन्धनका बेला एमालेसँग भएको सात बुँदे सहमतिअनुसार अब संविधान संशोधनको विषयलाई ढिलाइ नगरी अघि बढाउने निष्कर्ष कांग्रेसले निकालेको छ।

“सात बुँदे सहमतिमा संविधान प्रारम्भपछि अभ्यासमा देखिएका सबल–दुर्बल पक्षको समीक्षा गरी संशोधन र तदनुकूल कानून निर्माण गर्ने उल्लेख छ,” महतले बैठकपछि जानकारी दिँदै भने, “त्यही आधारमा कार्यदल बनाउने निर्णय गरिएको हो।”

बैठकको निर्णय अनुसार, कार्यदलले पार्टीभित्र व्यापक छलफल गर्नेछ। साथै, संविधान निर्माणमा सहकार्य गरेका दलहरू, विज्ञ, विशेषज्ञ तथा सरोकारवाला नागरिक समाजसँग संवाद गरेर संशोधन प्रस्ताव तयार गर्ने जिम्मेवारी कार्यदललाई दिइनेछ। कांग्रेसले यो कदम संविधानको सुदृढ कार्यान्वयन, राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आवश्यक पहलको रूपमा लिएको बताएको छ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र प्रभावकारी कार्यान्वयन कांग्रेसको प्रमुख जिम्मेवारी हो भन्नेमा पार्टी स्पष्ट र प्रतिबद्ध छ,” बैठकको निर्णयमा उल्लेख छ। संविधान संशोधन विषयलाई लिएर दलहरूबीच पुनः बहस सुरु हुने संकेत देखिएसँगै कांग्रेसको यो निर्णय राजनीति तहमा महत्वपूर्ण विकासका रूपमा हेरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...