संविधान संशोधनमा कांग्रेस सक्रिय, सहमतिको खोजीका लागि कार्यदल गठन

काठमाडौं, असार २३ —संविधान संशोधन प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले औपचारिक तयारी सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संशोधनका सम्भाव्यता, आवश्यकता र राजनीतिक सहमति निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार गठबन्धनका बेला एमालेसँग भएको सात बुँदे सहमतिअनुसार अब संविधान संशोधनको विषयलाई ढिलाइ नगरी अघि बढाउने निष्कर्ष कांग्रेसले निकालेको छ।

“सात बुँदे सहमतिमा संविधान प्रारम्भपछि अभ्यासमा देखिएका सबल–दुर्बल पक्षको समीक्षा गरी संशोधन र तदनुकूल कानून निर्माण गर्ने उल्लेख छ,” महतले बैठकपछि जानकारी दिँदै भने, “त्यही आधारमा कार्यदल बनाउने निर्णय गरिएको हो।”

बैठकको निर्णय अनुसार, कार्यदलले पार्टीभित्र व्यापक छलफल गर्नेछ। साथै, संविधान निर्माणमा सहकार्य गरेका दलहरू, विज्ञ, विशेषज्ञ तथा सरोकारवाला नागरिक समाजसँग संवाद गरेर संशोधन प्रस्ताव तयार गर्ने जिम्मेवारी कार्यदललाई दिइनेछ। कांग्रेसले यो कदम संविधानको सुदृढ कार्यान्वयन, राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आवश्यक पहलको रूपमा लिएको बताएको छ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र प्रभावकारी कार्यान्वयन कांग्रेसको प्रमुख जिम्मेवारी हो भन्नेमा पार्टी स्पष्ट र प्रतिबद्ध छ,” बैठकको निर्णयमा उल्लेख छ। संविधान संशोधन विषयलाई लिएर दलहरूबीच पुनः बहस सुरु हुने संकेत देखिएसँगै कांग्रेसको यो निर्णय राजनीति तहमा महत्वपूर्ण विकासका रूपमा हेरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...