संविधान र लोकतन्त्रको रक्षा एमाले रामेछापको पहिलो प्रतिज्ञा

रामेछाप । संविधान दिवसको अवसरमा नेकपा एमाले रामेछाप जिल्ला कमिटीले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आफ्नो पहिलो प्रतिज्ञा रहेको स्पष्ट पारेको छ । शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित भव्य र्‍याली तथा भेलाले देश, संविधान र लोकतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्रको सामना गर्न एमाले अग्रपङ्तिमा रहने घोषणा गरेको हो ।

जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा सम्पन्न भेलामा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई, संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्ति प्रसाद पौडेललगायत प्रदेशस्तरीय नेताहरूको विशेष उपस्थिति थियो । भेलामा प्रदेशदेखि वडा तहसम्मका नेता–कार्यकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको थियो ।

भेलाले हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा शहीद भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै आन्दोलनका क्रममा भएको हिंसा र आगजनीबारे निष्पक्ष छानबिन गरी सत्य जनतामाझ ल्याउन सरकारसँग माग गरिएको छ ।

संविधान, सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा कुनै पनि आन्तरिक वा बाह्य दबाब नमान्ने अठोट व्यक्त गर्दै भेलाले एमाले मात्र देशलाई सङ्कटबाट निकाल्ने सक्षम राजनीतिक शक्ति भएको दाबी गरेको छ ।

भेलापछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जिल्ला कमिटीले सबै पालिका, वडा कमिटी र जनसंगठनलाई अझ सक्रिय भएर काम गर्न निर्देशन दिँदै संविधान र लोकतन्त्रको पक्षमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघसंस्थालाई एउटै मोर्चामा उभिन आह्वान गरेको उल्लेख गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...