समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालन गरेको छ । अभियानको आज चौथो दिन बेताली काँग्रेसले सडक सरसफाइ गरेको छ । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक र सडक आसपास सरसफाइ कार्यक्रम गरेको छ । 

शुक्रवार बेताली काँग्रेसले हलुवा डाँडा देखी बार्ने डाँडा सम्म सरसफाइ गरेको छ । जिल्ला प्रतिनिधिका रूपमा बेतालीमा खटिएका नेपाली काँग्रेसका जिल्ला सचिव दीपक खड्काले भने “हामीले केन्द्रको निर्देशन अनुसार १० दिन कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ अघि बढेका छौँ । आज चौथो दिन सडक सरसफाइ गरेका र्छौ । भोली पाचौं दिन टोल समिति सँग बसेर छलफल गर्ने छौँ । सबै टोल समिति समेट्ने कोसिसमा छौँ । केन्द्रको निर्देशन बमोजिम कार्यक्रम सञ्चालनको तयारीमा हामी छौँ ”। सचिव खड्काले भने ।  

कार्यक्रममा जिल्ला प्रतिनिधि तथा जिल्ला सचिव दीपक खड्का सहित जिल्ला कार्यसमिति सदस्य सिताराम कार्की,पूर्व पार्टी उपसभापति केदार कार्की, वडा सभापति देव शङ्कर सुनुवार, नेताहरू नानीबाबु बस्नेत, रामचन्द्र बस्नेत, वीर बहादुर कार्की, डम्बर कुमारी भण्डारी, प्रवीण सुनुवार लगायतका नेता कार्यकर्ता अभियानमा रहेका छन् । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...