संसद्ले शिक्षा, नागरिकता र निजामतीसहित ५ विधेयक पारित गर्ने कार्यतालिका बनायो

१२ भाद्र २०८२, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाले शिक्षा, नागरिकता, निजामती, भूमि र संवैधानिक परिषद्सम्बन्धी गरी पाँच महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेर भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, १२ भदौमै भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उनले बताए ।

त्यसैगरी, भदौ १८ गते बस्ने बैठकले नागरिकता विधेयक पारित गर्नेछ भने सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी छ । गत साउन ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सो विधेयक फिर्ता गरेका थिए ।

यस्तै, भदौ १९ गते संघीय निजामती सेवा विधेयक पारित गरिनेछ । यसअघि प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको उक्त विधेयक पुनः प्रतिनिधिसभामा फर्केपछि पास गरेर राष्ट्रपतिसम्म पठाइनेछ ।

विद्यालय शिक्षा विधेयकलाई भने भदौ २६ गते पारित गरी राष्ट्रिय सभामा पठाउने तालिका बनेको छ । संसदीय समिति (शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति)ले यसलाई भदौ ५ गते नै पारित गरी प्रतिनिधिसभामा प्रतिवेदन पेस गरिसकेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भदौ १५ देखि ३० गतेसम्म पाँच दिन बैठक बस्ने कार्यक्रम तय भएको बताए । उनका अनुसार प्रतिनिधिसभा भदौ १८, १९, २५, ২৬ र २७ गते बैठक बस्नेछ । यससँगै लामो समयदेखि अल्झिएका विधेयकलाई संसद्ले यसै महिनाभित्रै निष्कर्षमा पुर्‍याउने तयारी गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...