काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार(भोली) बस्ने भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् ।
संसदीय दलको कार्यसमितिमा भने संसदीय दलका नेता, उपनेता, राष्ट्रियसभा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र पार्टीका महामन्त्री पदेन सदस्य रहनेछन् । कांग्रेसमा हाल सभापति शेरबहादुर देउवा संसदीय दलका नेता छन् भने उपनेता पनि चयन भएका छैनन् ।
संसदीय दलमा प्रदेशका सम्पूर्ण संघीय सांसद मध्येबाट एक एक जना गरी ७ जना, कम्तीमा पाँच जना महिला रहने गरी दुई जना खस आर्य, दुई आदिवासी जनाजाति, दुई मधेशी, दुई दलित, एक थारु, एक मुस्लिम, एक पिछडिएको क्षेत्रका सदस्य गरी ११ जना निर्वाचित हुनेछन् ।