संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय बोर्डको औपचारिक बैठक बसेर निर्णय नभएकाले नाम सार्वजनिक गर्न नमिल्ने अवस्था रहेको छ। उनका अनुसार रणनीतिक महत्वका केही सिट बाहेक अधिकांश स्थानमा उम्मेदवार तय भइसकेका छन्।

“केही उम्मेदवारहरूले टिकटसमेत लगेर गइसकेका छन्, तर संसदीय बोर्डको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी रहेकाले सार्वजनिक गर्न मिलेको छैन,” प्रवक्ता चालिसेले बताए।

उनका अनुसार शीर्ष तहका नेताहरू प्रतिस्पर्धा गर्ने तथा रणनीतिक महत्वका करिब २०–२२ सिटमा सन्तुलन मिलाउन बाँकी रहेकाले ती सिटहरू मंगलबार बिहानसम्म टुंग्याउने प्रयास भइरहेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचन लड्ने तयारीमा रहेको चर्चाबारे प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले संसदीय बोर्डको निर्णय नआएसम्म औपचारिक रूपमा केही भन्न नमिल्ने बताए। यद्यपि कांग्रेसले केही नयाँ निर्णय गर्न लागेको संकेत उनले दिएका छन्।

स्रोतका अनुसार कांग्रेसले सुमना श्रेष्ठलाई काठमाडौं क्षेत्र नं. १ वा ४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ। त्यस्तै, जेन–जी अभियन्ता रक्षा बमसँग पनि उम्मेदवारीको विषयमा छलफल भइरहेको बताइएको छ।

संसदीय बोर्डको बैठक बस्न नसक्दा कांग्रेसको उम्मेदवार चयन प्रक्रिया केही ढिलाइ भएको देखिए पनि बैठकपछि सबै निर्णय सार्वजनिक गरिने पार्टीले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...