काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सडक संघर्षका कार्यक्रम तय गरेको हो ।
कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिकामा राखेको छ त्यसतै गरी माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम तय गर्न निर्देशन दिएको छ । यसअघि कांग्रेसले गत पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ ।