संसद विघटन संविधान हित विपरित–नेकपा रामेछाप

Written by meropradesh creator

७ पुष २०७७, मंगलवार

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै अहिलेको संसद विघटन संविधान, जनता र देशको हित विपरित भएको भन्दै खेद प्रकट गरेको छ ।
नेकपा रामेछापले निकालेको प्रेस विज्ञप्तीमा अकस्मात संसद विघटन गरि नयाँ जनादेशमा जान गरिएको यो कदम नेपालको संविधान र नेकपाका कार्यकर्ताको भावना विपरित रहेकाले यो प्रस्ताव खेदजनक रहेको जनाएको छ । नेकपा रामेछापका अध्यक्ष मयनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा दिगो संरचना, संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, कोभिड १९ को व्यवस्थापन गरि नेकपालाई एकिकृत हुनुपर्नेमा अहिले जनताको मर्म र हित विपरित संसद विघटन गरिएको आरोप विज्ञप्तीमा उल्लेख छ ।
संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्न पार्टी एकजुट गर्नुपर्नेमा त्यस्तो नगरि पार्टी भित्रको आन्तरिक विवाद मिलाउन नसकी संसद विघटन गर्नु दुर्भाग्यपूर्ण भएको जनाइएको छ । त्यस्तै स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारको सहकार्य सहअस्तित्व र समन्वयमा जनताको समग्र समस्याहरुलाई सहज ढंगले नागरिकसम्म पुर्याउन पहल गर्नुपर्नेमा एकैपटक संसद विघटन तर्फ उन्मुख हुनु दुर्भाग्य भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संसद विघटनको विरोध गर्न, संसद पुनः स्थापनाको लागि आवश्यक सघर्ष गर्न र संविधान विरोधी तत्वहरुलाई चलखेल गर्ने अवसर नदिनको लागि सबै नेकपाका कार्यकर्ताहरुलाई यसतर्फ लाग्न विज्ञप्ती मार्फत आव्हान गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...