संसद बिघटनको विरुद्ध काँग्रेसले गर्यो–८ वटै स्थानिय तहमा बिरोधसभा

Written by meropradesh creator

३ माघ २०७७, शनिबार

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले अहिलेको वर्तमान केपीशर्मा ओली समुहको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधमा शनिवार जिल्लाको ८ वटै स्थानिय तहमा र्याली सहितको बिरोध कार्यक्रम गरेको छ ।
सरकारले संसद विघटन गरेको बिषयलाई लिएर नेपाली काँग्रेसले आज एकैदिन देशभरका स्थानिय निकायमा सरकार विरुद्ध आन्दोलन निकालेको हो । नेपाली काँग्रेस रामेछापले जिल्लाका ८ वटै स्थानिय तह केन्द्रित आन्दोलनमा व्यानर सहित निस्किएको जुलसमा “उखान टुक्के बोलीले देश डुबायो ओलीले” र संसद विघटन खारेज गर जस्ता विभिन्न नारा सहित हजारौं कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
काँग्रेसले सरकार बिरुद्ध निकालेको बिरोध कार्यक्रममा मन्थली नगरपालिकाको देवकोटा चोकमा नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव लेखबहादुर कार्की, रामेछाप नगरपालिका रामेछाप बजारमा नेपाली काँग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, लिखुतामाकोशी गाउँपालिकाको धोवीबजारमा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णवहादुर महत, उमाकुण्ड गाउँपालिकाको प्रितीमा नेपाली काँग्रेसका सचिव बिष्णु वस्नेत लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा सहभागी नेताहरुले अहिलेको वर्तमान केपी शर्मा ओलीको सरकारले गरेको संसद विघटन तत्काल खारेज गर्नुपर्ने धारणा राखेका थिए ।


त्यस्तैगरी नेपाली काँग्रेस रामेछापले संसद विघटनको विरुद्धमा खाँडादेवी गाउँपालिकाको माकादुममा महासमिति सदस्य बीरवहादुर तामाङ्ग, दोरम्वा गाउँपालिकाको टोकरपुरमा महासमिति सदस्य पूर्णवहादुर तामाङ्ग (कान्छाराम), सुनापति गाउँपालिकाको हिलेदेवीमा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र खड्का र गोकुलगंगा गाउँपालिकाको रस्नालुमा पार्टी सभापति लवश्री न्यौपाने लगाएतका नेताहरुले सम्वोधन गरेका थिए ।
बिरोध कार्यक्रममा अहिलेको नेकपाको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता र अराजकता तर्फ लगेकाले नेपाली काँग्रेसले एकैसाथ देशभर चरणबद्ध आन्दोलनको कार्यक्रम लिएर अघि वढेको नेपाली काँग्रेसका जिल्ला सभापति लवश्री न्यौपानेले बताए ।
त्यसैगरी विरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व सभापति रामचन्द्र खड्काले भने अहिलेको केपी ओली नेतृत्वको वर्तमान सरकारको निरंकुश, सर्वसत्त्तावादी र अधिनायकवादी चरित्रका कारण संसद विघटन गरेको भन्दै यसको विरुद्धमा सशक्त ढङ्गले कडा भन्दा कडा सघर्षका कार्यक्रम लिएर काँग्रेस अघि वढेको बताए ।
जिल्लाको ८ वटै स्थानितहमा भएको बिरोध सभामा बोल्ने अन्य नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर असंवैधानिक कदम गरेको भन्दै यसको विरुद्धमा यो कार्यक्रमको आयोजना गर्नु परेको बताएका थिए । काँग्रेसले गरेको बिरोध कार्यक्रममा नेपाली काँग्रेसका बिभिन्न भातृ संघ÷संघठनका पदाधिकारीहरु, शुभेच्छुक र पार्टीमा आस्था राख्ने हजारौंको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...