संसद बिघटनको बिरोधमा काँग्रेसको दुई स्थानमा प्रर्दशन सँगै बिरोध सभा

Written by meropradesh creator

२५ पुष २०७७, शनिबार

रामेछाप । संसद विघटनको बिरोधमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाले जिल्लाको दुई स्थानमा एकैसाथ प्रर्दशन र बिरोध सभाको आयोजना गरेको छ ।
नेपाली काँग्रेसले शनिवार निर्वाचन क्षेत्र (क) को मन्थली नगरपालिकाको वडा नं–३ कठजोरको ठाँटी र निर्वाचन क्षेत्र (ख) को मन्थली नगरपालिकाको वडा नं–७ भटौलीमा प्रर्दशन सँगै बिरोध सभाको आयोजना गरेको हो । प्रर्दशन सँगै गरिएको बिरोध कार्यक्रममा निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।
बिरोध कार्यक्रममा अहिलेको नेकपाको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता र अराजकता तर्फ लगेकाले नेपाली काँग्रेसले एकैसाथ देशभर चरणबद्ध आन्दोलनको कार्यक्रम लिएर अघि वढेको नेपाली काँग्रेसका जिल्ला सभापति लवश्री न्यौपानेले बताए ।
त्यसैगरी विरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व सभापति रामचन्द्र खड्काले भने अहिलेको केपी ओली नेतृत्वको वर्तमान सरकारको निरंकुश, सर्वसत्त्तावादी र अधिनायकवादी चरित्रका कारण संसद विघटन गरेको भन्दै यसको विरुद्धमा सशक्त ढङ्गले कडा भन्दा कडा सघर्षका कार्यक्रम लिएर अघि वढ्ने बताए ।
बिरोध सभामा बोल्ने अन्य नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे असंवैधानिक कदम गरेको भन्दै यसको विरुद्धमा कार्यकर्ताहरुलाई सशक्त भएर आन्दोलनमा लाग्न आग्रह गरे । काँग्रेसले गरेको दुवै स्थानको बिरोध कार्यक्रममा नेकपाको सरकारले गरेको संसद विघटनको बिरुद्धमा विभिन्न नारा लगाएर विरोध जनाएका थिए । दुवै कार्यक्रममा नेपाली काँग्रेसमा आस्था राख्ने सयौंको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...