रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्कालाई मातृ शोक परेको छ ।
प्रमुख खड्काकी ८९ बर्षिय आमा भद्रमाया खड्काको बिहिवार बिहान खाँडादेवी गाउँपालिका वडा नं–८ गागलभदौरेमा रहेको आफ्नै घरमा निधन भएको हो । प्रमुख खड्काको आमाको निधनपछि स्थानिय तहका प्रमुख देखी प्रदेशका आर्थिक योजना मन्त्रीसम्मले गहिरो समवेदना प्रकट गरेका छन् ।
उनीहरुले प्रमुख खड्काको आमाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना ब्यक्त गरेका हुन् । मृतक भद्रमायाको अन्तिम अन्तेष्टि आजै गरिने खड्का परिवारले जनाएका छन् ।