संघिय सरकारले तीन करोडभन्दा साना आयोजना बनाउन नमिल्ने

२८ बैशाख २०८२, आईतवार

काठमाण्डौं । संघिय सरकारले यस भन्दा अघिका वर्षमा जसर यस वर्ष साना योजना बनाउन नमिल्ने भएको छ । संघिय सरकारले बजेट बनाउदा यदि तिन करोड भन्दा कमको योजनालाई प्रविष्टि (इन्ट्री) नै हुन नदिने गरी सफ्टवेयरमा व्यवस्था गरेको जनाएको छ ।
यस अघिका दुई आर्थिक वर्षमा पनि तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारबाट सञ्चालन नगर्ने प्रतिबद्धता अर्थमन्त्री र प्रधानमन्त्रीले गरेका थिए । तर, बजेट ल्याउने क्रममा अधिकांश साना तथा टुक्रे आयोजनामा रकम विनियोजन गरिएको थियो ।
चालु आर्थिक वर्षको बजेट ल्याउने क्रममा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले एक लाख रूपैयाँसम्मका आयोजना पनि संघीय सरकारको बजेटमा समावेश गरेका थिए ।
जसमा सहरी विकास मन्त्रालयमा मात्र १२४ वटा एक लाख रूपैयाँसम्मका आयोजना थिए ।
आगामी वर्षको बजेट बनाउने क्रममा भने राष्ट्रिय योजना आयोगले तीन करोड रूपैयाँभन्दा साना आयोजना सफ्टवेयरले नै अस्वीकार गर्ने बताइएको छ ।
यसको अर्थ राष्ट्रिय आयोजना बैंकमा कुनै आयोजना पर्नका लागि कम्तीमा तीन करोड रूपैयाँ लागतको आयोजना हुनुपर्छ । अन्यथा, सफ्टवेयरले त्रुटि देखाउनेछ र आयोजना बैंकमा समावेश हुने छैन । अहिले आयोजना बैंकमा आयोजनाहरू राख्ने र त्यसको आधारमा बजेटमा अघि बढाइन्छ । कुनै पनि पूर्वाधार आयोजना बजेटमा समावेश गर्नका लागि आयोजना बैंकमा समावेश हुनुपर्छ ।
’अहिले तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारबाट अघि नबढाउने नै भन्ने छ । हामी त्यसमा प्रतिबद्ध छौँ,’ राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले भने, ’विगतमा यसो भनिए पनि आयोजना बैंकमा जस्तोसुकै आयोजना राख्ने गरेको देखियो । अहिले सफ्टवेयरमा नै साना आयोजना समावेश गर्न नमिल्ने बनाइएको छ ।’
योजना आयोगका अधिकारीहरूका अनुसार राजनीतिक दबाबका आधारमा बजेट बनाउने अन्तिम समयमा न्यूनतम सर्त पूरा नभएका आयोजना पनि आयोजना बैंकमा समावेश गरिन्थ्यो । कस्ता आयोजना कसले निर्माण गर्ने भन्ने एक तहको व्यवस्था संविधानमा नै गरिएको छ । संविधानको व्यवस्थाअनुसार संघीय सरकारले रणनीतिक महत्त्वका राष्ट्रिय राजमार्ग (जस्तै, दुई प्रदेश जोड्ने सडक) को निर्माण र व्यवस्थापन गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशभित्रका लोकमार्ग र सडकहरूको निर्माण गर्नुपर्छ । त्यस्तै, स्थानीय तहले स्थानीय सडक, कृषि सडक र ग्रामीण सडकको निर्माण तथा व्यवस्थापन गर्नुपर्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...