रामेछाप । नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले सुनापती गाउँपालिकालाई समृद्ध सुनापती निर्माणमा आफुले सहयोग गर्ने बताएका छन् । शनिबार सुनापतीको हिलेदेवीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई जिताउन आग्रह गर्दै कांग्रेसले जित हात पारेको खण्डमा समृद्ध सुनापती बनाउन आफु सहयोग गर्ने बताएका हुन् । शनिबार दिउसो ३ बजे हुने भनिएको कार्यक्रम मौसमका कारण सांझ ५ बजे पछी मात्र शुरु भएको थियो ।
साझं ५ बजे शुरुभएको कार्यक्रममा छोटो समय सम्बोधन गर्दै महामन्त्री थापाले गाउँपालिकाका उम्मेदवार दिपेन्द्र खड्कालाई निर्वाचत गराएको खण्डमा आफुले निर्वाचन जितेको महसुस हुने बताएका छन् । खड्का आफु संगै नेपाल बिद्यार्थी संघको राजनीती गरेको कारण खड्का संग राजनीतीक सम्बन्ध मात्र नभएर पारिवारीक सम्बन्ध पनी भएको कारण खड्का गाउँपालिकामा निर्वाचित भए संगै पुनः सुनापती आफु आएर सुनापतीको बिकास निमार्णमा साथ दिने बताएका छन् । हावा हुरीको वावजुद पनी गगन थापाको प्रतिक्षामा ३ हजार नेता कार्यकर्ता साझं सम्म बसेका थिए । कार्यक्रममा पुर्व पार्टी सभापती रामचन्द्र खड्कालगाएतले सम्बोधन गरेका थिए ।