समाजमा काँग्रेस अभियान ः रामेछापमा औपचारिकतामा सीमित

रामेछाप । नेपाली काँग्रेसले सञ्चालन गरेको समाजमा काँग्रेस अभियान औपचारिकतामा सीमित भएको छ । नेपाली काँग्रेस केन्द्रले सहिद दिवसको अवसर पारेर माघ १६ गते देखी २५ गते सम्म १० दिन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको थियो । 

काँग्रेस नेता कार्यकर्तालाई १० दिन सम्म समाजमा बसेर काँग्रेसको अवस्था, नागरिकको समस्या पहिचान गरी काँग्रेसले आगामी योजना निर्माण गर्न अभियान सञ्चालन गरेको थियो । फागुनमा हुने महासमितिको भेलामा १० दिन सम्म सञ्चालन भएको अभियानको बारेमा छलफल गर्ने र अभियान बाट आयको सुझाव अनुसार आगामी रणनीति बनाउने केन्द्रीय समितिको योजना थियो । केन्द्रको निर्देशन बमोजिम रामेछापमा भने अभियानले पूर्णता पाउन सकेन ।

 रामेछापमा भने अधिकांश वडामा समाजमा काँग्रेस अभियान औपचारिकतामा सीमित भएको छ । रामेछापमा रहेका ६४ वडा मध्य केही वडामा अभियानले औपचारिकता पनि पाएन । अधिकांश वडामा १६ गते अभियानले औपचारिकता पाए पनि १७ गते बाट अभियान बन्द भए । केन्द्रीय समितिले १० दिन अभियान सञ्चालन गर्न भने पनि रामेछापमा भने केही वडा बाहेक अन्य वडामा अभियान चल्न सकेको छैन । 

नेपाली काँग्रेसका जिल्ला सचिव दीपक खड्काले भने“ पार्टीले १० दिन समुदायमा बस्न नेताहरूलाई निर्देशन गरेको थियो । काँग्रेसका अधिकांश नेताहरू समुदायमा एक दिन पनि बसेनन् । समस्या काँग्रेसमा केन्द्रीय समितिमा भन्दा पनि जिल्लामा छ । केन्द्रको निर्देशन नमाने पछि के गर्ने सचिव खड्काले भने” ।

सचिव खड्काले भने“ कुन वडामा कार्यक्रम सञ्चालनमा छ छैन भन्न भन्दा पनि अधिकांश वडामा अभियानले औपचारिकता मात्र पाएका छन् । अधिकांश वडामा १६ गते कार्यक्रमले औपचारिकता पाए । तर १७ गते देखी सबै जिल्ला प्रतिनिधि देखी वडाका नेता कार्यकर्ता काठमाण्डौं पुगे । कार्यक्रम भएन । यति बेला भन्ने हो भने केही वडा बाहेक अन्य वडामा अभियान छैन । एक दिन भेला भए फोटो खिचे र हिँडे सबै नेता कार्यकर्ता अभियान औपचारिकतामा सीमित बस्यो सचिव खड्काले भने”

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...