समाजका अगुवा हरुबाटै जातिय विभेद ःसरोकारवाला

Written by meropradesh creator

१७ चैत्र २०७८, बिहीबार

रामेछाप । समाजमा अहिले पनि जातिय विभेद कायमै रहेको सरोकारवालाहरुले बतएका छन् । मन्थली नगरपालिकाको वडा नं ६ को कुनाउरिमा राष्टिय मानब अधिकार आयोगद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको बताएका छन् । मन्थली नगरपालिकाको वडा नं ६ को कुनाउरिमा राष्टिय मानब अधिकार आयोगद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले अहिले पनि समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको बताएका हुन् । नगर प्रमुख बस्नेतले कार्यक्रममा बोल्दै समाजका अगुवाहरुले ठुला ठुला कुरा गर्ने अनी ब्यवारमा लागु नगर्ने गरेको बताए ।  उनले लामो समय देखि आफु परिवर्तनका लागि लडेको स्मरण गर्दे अहिले पनि समाजमा जातिय बिभेद कायमै रहेकोले यस्तो छुट कसैलाई नभएको बताएका छन् ।
नगरप्रमुख बस्नेतले संघियताको कार्यान्वयनको पाँच बर्ष पुरा भैसक्दा पनि समाजमा जातिय छुवा छुत कायमै रहेको भन्दै यसले मुक्ति पाउन एक सय बर्ष लाग्ने पनि बताए । प्रमुख बस्नेतले कानुन भन्दा माथि उठ्ने छुट कसै लाई पनि नभएकोले कसैलाइ पनि त्यतिकै छोड्न नहुने बताएका छन् ।


कार्यक्रममा नेपाल बार एसोसियसनका जिल्ला अध्यक्ष विचार सिंह दोङ्गले राज्य पक्ष र नागरिक अगुवाहरु बाटै जातिय विभेद गरेको भन्दै यसका विरुद्ध सबै क्षेत्रले आबाज उठाउनु पर्ने पनि बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जातिय छुवा छुतका घटना घट्नुमा समाजका सबै पक्षका अगुवाहरुको पनि उत्तिकै हात रहेकोले यसको न्युनिकरणका लागि सबै ईमान्दार हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा मानब अधिकारकर्मि एबं पत्रकार हिमाल ढुंगेलले भलुवाजोरमा भएको पछिल्लो घटनाले समाजमा जातिय छुवा छुतको अबस्थलाई उदाँगो बनाएको बताए । कार्यक्रममा आयोगका प्रतिनिधिहरुले नेपालमा जातिय छुवाछुतको अबस्था र कानूनी अबस्थाको बारेमा जानकारी गराएका थिए । सो अबसरमा अधिकारकर्मि गम्भिर विकले जातिय विभेदका लागि कानुनमा कडाई भएको भएपनि ब्यवहारमा हुने जातिय छुवा छुतले आम दलितहरुको आत्मा सम्मानमा चोट पुगेको बताए
जातीय बिभेद सम्बन्धी सम्यन्त्र र बर्तमान अबस्था बिषयक अन्तरक्रिया कार्यक्रममा प्रशासन कार्यालयका प्रशासकिय अधिकुत सुनिता थापा, कार्यक्रममा आयोजक संस्था राष्टिय मानब अधिकार आयोगका प्रतिनिधिहरु अधिकारकर्मि गोपाल नेपाली,लेख बहादुर विक लगाएतका सरोकारवालाहरुले पनि आ आफनो धारणा राखेका थिए । कार्यक्रममा सहभागी सरोकारवालाले समाजमा अहिले पनि जातिय विभेद कायमै रहेको बतएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...