सिटिजन बैङ्कले राष्ट्र बैंकको आदेश नमानेको भन्दै सुनापती गाउँपालिकाले लियो एक्शन

Written by meropradesh creator

२६ असार २०८०, मंगलवार

रामेछाप । नेपाल राष्ट्र बैङ्कको आदेशलाई अवज्ञा गरी सिटिजन बैङ्कको सुनापती शाखाले तोकिएको समय सम्म सेवा नदिएको भन्दै सुनापती गाउँपालिकाले एक्सन लिएको छ । सुनापती गाउँपालिकामा रहेको सिटिजन बैङ्कको शाखाले असार २३ गते बैङ्क नै बन्द गरेर राखे पछि सेवाग्राहीलाई मर्का परेको सुनापती गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने प्रयोजनका लागि मिति २०८०/०३/२४ गते र मिति २०८०/०३/२३ र ३० गते विदाका दिन समेत राति ८ बजेसम्म तथा मिति २०८०/०३/३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने अन्य बैङ्क तथा वित्तीय संस्थाहरू साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु गराउनुहुन भनी नेपाल राष्ट्र बैङ्कले असार २२ गते नै पत्र जारी गरेको थियो ।

तर यो पत्रको अवज्ञा गर्दै सिटिजन बैङ्क सुनापती शाखाले २३ गते शनिवारको दिन कार्यालय नै खोलेन । बैङ्कले २४ गते आइतबार सधैँ जस्तै समयमा कार्यालय खोल्यो र सधैँ जस्तै दिउँसो तीन बजे नै बन्द गरिदियो । नेपाल राष्ट्र बैकले जारी गरेको पत्रको अवज्ञा गर्दै सिटिजन बैङ्क सुनापती शाखाले बैक बन्द राखेपछि सुनापती गाउँपालिकाले स्पष्ट कारण पठाउनु भनी पत्र पठाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताए । उनले भने- नेपाल राष्ट्र बैकले जारी गरेको पत्रको अवज्ञा गरी सिटिजन बैङ्क सुनापती शाखाले आफ्नो मर्जीले कार्यालय बन्द राखेर सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित बनायो । यसको स्पष्ट कारण सहितको जवाफ बैङ्कले पालिकालाई दिन पर्छ । पालिकाले बैङ्क खुल्छ, कारोबार हुन्छ भनेर पालिकाले जानकारी गरायो तर बैङ्क २३ गते शनिवारको दिन खुल्दै खुलेन ।- एक सेवाग्राहीले गुनासो समेत पोखे

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...