सिटीजन लाइफ इन्स्योरेन्सले दियो मृत्यु बिमा दावी भुक्तानी

Written by meropradesh creator

२० चैत्र २०७७, शुक्रबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयले मृतक परिवारको मृत्यु बिमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
शाखा कार्यालय मन्थलीले बिहिवार नवजागरण वचत तथा ऋण सहकारी संस्था मार्फत सिटीजन लाइफ इन्स्योरेन्समा ऋणको बिमा गरेकी मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान् गोपी कार्कीलाई ५ लाख १० हजार नगद रकम भुक्तानी गरेको हो । उनको संस्थावाट ऋण लिएको केही समयपछि मृत्यु भएको थियो । सिताको मृत्यु पश्चात ऋणवापतको रकम र काजक्रिया खर्च वापतको रकम नवजागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापालाई हस्तान्तरण गरेको छ ।
सिटीजन लाइफ इन्स्योरेन्सले नवजागरण वचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेर सहकारीका ऋणीहरुसँग विमा गराउँदै आएको    छ । संस्थासँग गरेको ऋणी सदस्यहरुको विमा अनुसारको उक्त रकम सिटीजन लाइफ इन्स्योरेन्स रामेछापकी शाखा प्रमुख मञ्जु उप्रेतीले एक कार्यक्रमको विच नवजागरण वचत संस्थालाई ५ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
सहकारीवाट ऋण लिएर व्यवसाय संचालन गर्दै आएका सदस्यहरुको विचमा नै मृत्यु भएको खण्डमा त्यसता सदस्यहरुको परिवारमा थप आर्थिक भार नपरोस् भन्ने उद्धेश्यले सिटीजन लाइफ इन्स्योरेन्सले सदस्यहरुको बिमा गरिएको र उक्त विमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । सिटीजनले ल्याएको यो सेवा सर्वसाधारण नागरिकहरुको लागि एकदमै राम्रो र गुणस्तरीय सेवा भएको सो संस्थाले जनाएको छ ।
केही वर्षअघि देखी सदरमुकाम मन्थलीमा कार्यालय विस्तार गरेर सर्वसाधारण नागरिकहरुलाई सेवा दिदै आएको उक्त संस्थाले मुलुकका १ सय २५ वटा स्थानमा शाखा विस्तार गरि सेवा प्रदान गर्दै आएको छ । रामेछाप शाखावाट धेरै व्यक्तिहरुले यसवाट प्रभावकारी सेवा पाइरहेको सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...