सिटीजन लाइफ इन्स्योरेन्सले दियो मृत्यु बिमा दावी भुक्तानी

Written by meropradesh creator

२० चैत्र २०७७, शुक्रबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयले मृतक परिवारको मृत्यु बिमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
शाखा कार्यालय मन्थलीले बिहिवार नवजागरण वचत तथा ऋण सहकारी संस्था मार्फत सिटीजन लाइफ इन्स्योरेन्समा ऋणको बिमा गरेकी मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान् गोपी कार्कीलाई ५ लाख १० हजार नगद रकम भुक्तानी गरेको हो । उनको संस्थावाट ऋण लिएको केही समयपछि मृत्यु भएको थियो । सिताको मृत्यु पश्चात ऋणवापतको रकम र काजक्रिया खर्च वापतको रकम नवजागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापालाई हस्तान्तरण गरेको छ ।
सिटीजन लाइफ इन्स्योरेन्सले नवजागरण वचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेर सहकारीका ऋणीहरुसँग विमा गराउँदै आएको    छ । संस्थासँग गरेको ऋणी सदस्यहरुको विमा अनुसारको उक्त रकम सिटीजन लाइफ इन्स्योरेन्स रामेछापकी शाखा प्रमुख मञ्जु उप्रेतीले एक कार्यक्रमको विच नवजागरण वचत संस्थालाई ५ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
सहकारीवाट ऋण लिएर व्यवसाय संचालन गर्दै आएका सदस्यहरुको विचमा नै मृत्यु भएको खण्डमा त्यसता सदस्यहरुको परिवारमा थप आर्थिक भार नपरोस् भन्ने उद्धेश्यले सिटीजन लाइफ इन्स्योरेन्सले सदस्यहरुको बिमा गरिएको र उक्त विमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । सिटीजनले ल्याएको यो सेवा सर्वसाधारण नागरिकहरुको लागि एकदमै राम्रो र गुणस्तरीय सेवा भएको सो संस्थाले जनाएको छ ।
केही वर्षअघि देखी सदरमुकाम मन्थलीमा कार्यालय विस्तार गरेर सर्वसाधारण नागरिकहरुलाई सेवा दिदै आएको उक्त संस्थाले मुलुकका १ सय २५ वटा स्थानमा शाखा विस्तार गरि सेवा प्रदान गर्दै आएको छ । रामेछाप शाखावाट धेरै व्यक्तिहरुले यसवाट प्रभावकारी सेवा पाइरहेको सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...