सिन्धुलीमा बेहुली नलिई फर्किए जन्ती ः बेहुला बेहुली परिवार सहित प्रहरी चौकीमा

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा बेहुली नलिइ जन्ती घर फर्केका छन । बेहुलीको उमेर नपुग्दै विवाह हुन लागेको प्रहरीले जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो ।
उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियावारीकी दुलही र मकवानपुर जिल्लाको बकैयाँ गाउपालिका–७ का दुलहा बिच शुक्रवार हुन लागेको विवाह प्रहरीले रोकेको हो । प्रहरीले उमेर नपुगी बिबाह गर्न नहुने भन्दै बिबाह रोके पछी बेहुला बेहुली नलिइ जन्ती फर्केका हुन ।

बेहुलाको विवाह गर्ने उमेर पुगे पनि बेहुलीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले जानकारी दिनु भयो । प्रहरीले बाल विवाह रोकेपछि बेहुला पक्ष बेहुली नलिई घर फर्किएको हे । प्रहरी उपरिक्षक थपलियाले बेहुलाको उमेर २५ बर्ष र बेहुलीको उमेर १८ बर्ष ६ महिना मात्र पुगेको बताए । किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आए पछि विवाह स्थलमा पुगेर बुझ्दा बाल विवाह हुन लागेको पाइएपछि रोक्नु परेको उहाँले बताउनु भयो ।
‘बाल विवाह हुँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठायौँ । सोधपुछ गर्दा केटीको उमेर नपुगेको देखिएपछि विवाह रोकिएको हो,’उहाँले भन्नु भयो । प्रहरीले बेहुलीको घरबाट बेहुला बेहुली सहित दुवै पक्षका अभिभावकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याईएको उहाँले बताउनु भयो ।

कार्यालयमा ल्याएर बाल विवाहको मुद्धामा मुद्धा दर्ता गर्न लाग्दा बेहुला बेहुली पक्षले आफुहरुलाई बाल विवाह गर्न पाईन्न र बेहुलीको उमेर पुगेपछि मात्रै विवाह गर्छौ भनेर दुवै पक्षले कागज परेपछि बेहुला बेहुलीलाई छोडिएको उहाँले बताउनु भयो । ‘दुवै पक्षले केटीको उमेर नपुगी विवाह गर्दैनौ भनेर सहमती गरेपछि बेहुला र बेहुली दुवैलाई अभिभावकको जिम्मा लगाएर पठाएका छौं । बेहुला विवाह रोकेर घर फर्केका छन् । बेहुलीलाई अभिभावकले घर लगेका छन उहाँले भन्नु भयो । दुलहा आउने वित्तिकै सुचना आएकाले तत्काल प्रहरी गएपछि विवाहको कार्य पुरा नहुदै विवाह रोकिएको उहाले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...