सिन्धुली । सिन्धुली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापामगर बिहान बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले जानकारी दिए । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...