रामेछाप । जिल्लामा तिव्ररुपमा फैलिएकोले कोरोना संक्रमणलाई ध्यान दिदै कोरोना संक्रमितहरुको स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले गैरसरकारी संस्था सामुदायिक विकास समाजले ३७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाले पीएसएफ लक्जेम्वर्ग को आर्थिक सहयोगमा तेर द जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्धारा संचालित महिला तथा वाल सशिक्तकरण स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोगमा ती सामाग्रीहरु उपलव्ध गराएको हो । सिडिएसले रामेछापका खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिका गरि दुई गाउँपालिकामा रहेका अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईलाई समेत पुग्ने गरि स्वास्थ्य सामाग्री सम्वन्धीत गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामाग्री सहित दुवै गाउँपालिकाको कार्यालयमा पुगेका सामुदायिक समाजका कर्मचारीहरुले पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको सामुदायिक समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ्गले जानकारी दिए ।
उनका अनुसार– संस्थाले ६ वटा अक्सिजन कन्सेनटेटर, २० वटा अक्सिजन सिलिण्डर, ५ सय पीपीइसेट, २ सयवटा एन्टिजेन्ट ¥यापिड किट, ८० वटा अक्सिमिटर, ४९ वटा इन्फ्ररेड थर्ममिटर रहेको छ । त्यसैगरी २० हजार ५ सय मास्क, ४ हजार ५ सय जोडी हातमा लगाउने पन्जा लगायत १७ थरिको सामाग्री खाँडादेवी गाउँपालिकालाई करिब २० लाख र सुनापति गाँउपालिकालाई करिब १७ लाख गरि कुल ३७ लाख वरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराइएको संस्थाका निर्देशक घिसिङ्गले बताए ।
त्यसैगरी संस्थाले खाँडादेवी गाउँपालिकामा रहेका १ सय १० जना र सुनापति गाउँपालिकामा रहेका १ सय १५ जना कोरोना संक्रमित बिरामीहरुलाई १ लिटरको विद्युतिय जग, च्यवनप्रास, विभिन्न भिटामिन र मास्क लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरिएको सामुदायिक विकास समाजले जनाएको छ ।