रामेछाप । रामेछापका विघठित संघिय सांसद श्याम कुमार श्रेष्ठले सहयोगको नाममा आफनो नामको विज्ञापन गरेका छन् । उनले कोरोना संक्रमितहरुका लागि भन्दै जिल्ला स्तरिय कोभिड संकट ब्यवस्थापन केन्द्रलाई गत हप्ता हस्तान्तरण गरेको अक्सिजन ग्याँसको सिलिण्डरमा आफ्नो नामको विज्ञापन गरेका छन् ।
निबर्तमान साँसद श्रेष्ठले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै गत हप्ता २५ थान अक्सिजन ग्याँसको सिलिण्डर हस्तान्तरण गरेका थिए । त्यसैगरि उनले सिलिन्डर संगै पीपीई सेट, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका थिए । गत जेष्ठ ३० गते जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरिएको अक्सिजन सिलिण्डरमा माननिय श्याम लेखिएको पाईए पछि उक्त विवरण वाहिरिएकोे हो ।
सासंद श्रेष्ठले आफनो पार्टि नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लगायत पार्टिका नेताहरु समेतको रोहबरमा प्रमुख जिल्ला अधिकारीलाई हस्तरण गरिएको प्रत्येक सिलिण्डरमा मान्य श्याम उल्लेख गरिएको थियो । श्रेष्ठले जिल्लामा कोरोना संक्रमणको दर गाउँमा बढ्दै गईरहेको बेला प्रजिअ मार्फत केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । यस अघि जनतालाई समस्या परेर खोजि गर्दा बेवास्त गर्ने , फोन गर्दा फोन नउठाउने, कसैको सम्पर्कमै आउन नचाहने साँसद श्रेष्ठले आगामि निर्वाचनलाई लक्षित गरि उक्त सामाग्रि वितरण गरेको आरोप छ ।
जिल्लाबासीलाई समस्या परेको बेला उनको फेसबुक स्टाटस मार्फत सहानुभूति दिनु बाहेक अन्य सहयोग गर्न खासै अघि नसर्ने सांसद श्रेष्ठले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको नाममा पहिलो पकट राहत वितरण गरेको भएपनि उनले आफनो नाममा गरिएको सिलिण्डर विज्ञापनलाई सर्व साधारणले राजनितिक दाउपेजको रुपमा लिएका छन् ।