रामेछाप । शसस्त्र प्रहरी बल आश्रीत गुल्म मन्थलीले आफ्नो २० औं स्थापना दिवसको अबसर पारेर शुक्रवार मन्थलीमा रहेको शिब मन्दीर सरफाई गरेको छ ।
शसस्त्र प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति अगाडी रहेको शिब मन्दीर सरसफाई गरेको हो । त्यसैगरी शसस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा कार्यालय परिसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको समेत आयोजना गरेको थियो । शसस्त्रले आयोजना गरेको उक्त चियापान कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा, जिल्ला स्थित संचारकर्मी लगाएतका महानुभावको समेत उपस्थिती रहेको थियो ।
शसस्त्र प्रहरीको दिवसको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा सहभागी सबैलाई शसस्त्र प्रहरी बल आश्रीत गुल्म मन्थलीका प्रहरी नायव उपरिक्षक केशबराज प्याकुरेलले स्वागत गरेका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...