रामेछाप । सशस्त्र प्रहरीले श्रोत नखुलेको तीन लाख रुपैयाँ रकम सहित एक महिलालाई पक्राउ गरेको छ ।
बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुुसार पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नं–१ वस्ने ५५ वर्षीया गीतादेवी महतो रहेकी छिन् ।
चेकजाँचमा रहेको प्रहरीले शंकाको आधारमा ती महिलालाई चेकजाँच गर्ने क्रममा उनको साथवाट श्रोत नखुलेको ३ लाख रुपैयाँ नगद सहित बरामद गरिएकाले उनलाई रकम सहित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । यसअघि ११ फागुनमा सोही ठाउँवाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित दुईजना महिलालाई पनि पक्राउ गरेको थियो ।
यसअघि सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका वडा नं–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दासलाई पक्राउ गरि उनीहरुको साथवाट श्रोत नखुलेको १० लाख रुपैयाँ नगद फेला पारेको थियो । उनीहरु दुवैजनालाई सशस्त्र प्रहरीले रकम सहित भन्सार कार्यालयमा बुझाएको थियो । सप्तरीसँग सिमा नाका जोडिएको कुनौली नाका हुँदै विभिन्न सामानहरुको चोरी तस्करी हुँदै आएकोमा पछिल्लो पटक हुण्डी कारोवार हुदै आएको छ ।