श्रीमान् सँगै बस्न पाउनु पर्ने भन्दै बिनु यादव आमरण अनशनमा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा श्रीमान् कायम गरी श्रीमानको घरमा बस्ने वातावरण मिलाई दिन माग गदै बिनु यादव तिन दिन देखी आमरण अनसनमा बेसेकी छिन् । केही वर्ष अघि रामेछाप नगरपालिका वडा नम्बर १ निवासी प्रदीप कठायत सँग यादवको विवाह भएको थियो । यादव र कठायत बिचको सम्बन्धमा समस्या आए पछि कठायत परिवारले सम्बन्ध विच्छेद माग गर्दै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागी माग गरेको थियो । बिनु यादव र प्रदीप कठायत बिच जिल्ला अदालत रामेछापले २०७९ वैशाख ७ गते न्याधिश बद्रीप्रसाद वलीको एकल इजलासले सम्बन्ध बिच्छेद् (डिभोर्स) भएको फैसला गरिदिएको थियो । तर, बिनुले जिल्ला अदालतको उक्त फैसला विरुद्ध २०७९ असार १६ गते उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । 

सोही अनुसार गएको जेठ ९ गते उच्च अदालतले जिल्ला अदालतले गरेको बिनु यादव र प्रदीप कठायतको ‘डिभोर्स’को फैसला उल्ट्याइ दिएको थियो । उक्त फैसलाले प्रदीप कठायत र आफू श्रीमान् श्रीमती रहेको पुष्टि गरेको भन्दै आफू श्रीमानको घरमा बस्न पाउनु पर्ने माग गदै अनसनमा बसेकी छिन् ।

कठायत परिवारले भने सर्वोच्च अदालतको फैसला नआए सम्म आफूहरू घरमा लगेर राख्न नसक्ने अडानमा छन् । कठायत परिबाले बाहिर बसे माना चामल बुझाउने तर घरमा लगेर बुहारीको रूपमा राख्न नसक्ने अडान लिएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौला भने अनसन तोडाउने पक्षमा छन् । प्रमुख जिल्ला अधिकारीले जनप्रतिनिधि राजनीतिक दलसहित अनसन तोडाउन खोजे पनि यादव भने आफू मर्न समेत तयार भएको भन्दै अनसन नतोड्ने भन्दै खुल्ला आकाशमा जिल्ला प्रशासन कार्यालयको गेटमा तिन दिन देखी पानी समेत नखाई आमरण अनशनमा बसेकी छिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...